१७ असार २०८१ सोमबार
image/svg+xml
अन्य

‘बलि हिंसा हैन’

प्रियंवदा काफ्ले (पुराणाचार्य)
सह–प्राध्यापक 
वाल्मीकि विद्यापीठ 

दसैँ धार्मिक सामाजिक, सांस्कृतिकसँगै पछिल्लो समय राजनीतिक पर्वका रुपमा पनि विकसित भएको छ । दसैँका बारेमा देवी भागवतमा उल्लेख छ । यो पौराणिक कालबाट नै सुरु भएको पाइन्छ । कतिपयले रामको समयमा त्रेता युगबाट सुरु भएको पनि मानिन्छ । 

देवी भागवतमा नवरात्रको व्रतको विधानका बारेमा उल्लेख छ । देवी भागवतमा शरद काल र वसन्त कालमा दसैँ मनाउने उल्लेख छ । मौसम परिवर्तन हुने समयमा यमदस्टको दाराले मानिस बिरामी पनि हुने भएकाले रोग नलागोस् भनेर पनि दसैँको सुरुवात भएको देखिन्छ । पूजा गर्दा देवीलाई प्रसाद चढाउनु पर्ने भएकाले खानपानको चलन सुरु भएको हो । 

घटस्थापनाको दिन घट स्थापना गरिन्छ । घट भनेको कलश हो । पूर्वीय समाज समृद्ध समाज पनि हो । घटस्थापनामा दीप, कलश, गणेश स्थापना गरिन्छ । त्यहाँ चढाइएका धान, जौ उम्रियो त्यसैलाई जमरा भनियो । तर अहिले छुट्टै पनि जमरा राख्ने चलन छ । 

पौराणिक पाठ पनि गरिन्छ । नवरात्रसम्म पूजा गरिन्छ । फूलपातीको दिन फूलपात भिङ्खयाउने चलन छ । राजाले गोरखाबाट नुवाकोट हुँदै दौडिएर फूलपाती भिङ्खयाउने चलन छ । 

फूलपातीमा पनि बढाइ गर्ने धार्मिक महङ्खव छ । फूलपातीलाई सप्तमी पनि  भनिन्छ । अष्टमी तथा नवमीमा देवीलाई बलि दिने चलन छ । 

नवमीको बलि अझ राम्रो भनिन्छ । बलि दिँदा मांशभक्षीले पशु बलि दिइन्छ भने शाकाहारीले नरिवल लगायतको बलि चढाउने चलन छ । जसले जे भोजन गर्ने हो, त्यही भोजन देवीलाई चढाउने धार्मिक मान्यता छ । मासु खानेले पशु चढाउँछन् ।

देवीलाई चढाउने बलि हिंसा हैन भन्ने देवी भागवतमा उल्लेख । ती पशु स्वर्गमा पुग्छन् भनिएको छ । महिलालाई शक्तिका रुपमा पूजा गरिन्छ । 

दशमीका दिन नवदुर्गाको विसर्जन गरिन्छ । देवी विसर्जन गर्दा गरिएको पूजाको टीको प्रसादका रुपमा लाउने चलनबाटै दशमीका दिन टीका लाउने प्रचलनको सुरुवात भएको हो । 

मान्यजनसँग टीका लगाउने हिन्दू परम्पराबाटै सुरु भएको हो । शान्तिको प्रतीक भएकाले सेतो टीका लाउन थालिएको हो । सुरुवाती समयमा सेतै टीका लगाइथ्यो । पछि मात्रै रातो टीकाको चलन आएको हो । 

सत्यको प्रतीकका रुपमा रहेकी दुर्गा माताले दुष्टताको प्रतीकका रुपमा दानवराज मैषासुरको बध गरेको प्रसंगलाई उठाइएको छ भने कतिपयले भगवान् रामले शक्तिकी प्रतीक दुर्गाको आराधना प्राप्त गरी शक्तिले रावणमाथि विजय प्राप्त गरेको घटनासँग दसैँलाई जोडेर हेरिएको पाइन्छ । 

प्रकाशित: १ कार्तिक २०७५ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App