२१ कार्तिक २०८१ बुधबार
image/svg+xml

मधेसमा यसरी मनाइँदैछ दसैं

शक्ति पीठ तथा घरघरमा देवीको पूजापाठ गरी मधेसमा दशैँ मनाइँदै छ । महानवमीको दिन तराई मधेसका जिल्लाहरुमा अवस्थित सबै शक्तिपीठहरुमा दर्शनार्थी तथा श्रद्धालुहरुको भीडभाड लागेको छ । रौतहटको राजदेवी मन्दिर, पिपरा बजार, मत्सरी, गरुडा, कटहरिया, सन्तपुर लगायतका दुर्गा मन्दिरहरुमा सोमबार बिहानैदेखि भक्तजनको भीडभाड देखिएको छ । यसै गरी जिल्लाको अन्य भागमा बनाइएका दुर्गा प्रतिमालाई सजाएर पूजा गर्नेहरुको भीडभाड देखिएको छ ।

दसैंको बेला १७ चेली साउदीको जेलमा

साउदी अरब- नेपाल फर्केर बालबच्चा र घरपरिवारकासाथ दुःख सुख दशैं मनाउला भन्दै महिनौदेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका नेपाली चेलीहरु अहिले साउदी अरबको जेलमा रुँदै बस्न बाध्य भएका छन्।

मुसलमान समुदायबाट दसैँको शुभकामना

यहाँको मुसलमान समुदायले दसैँका अवसरमा शुभकामना आदानप्रदान गरेको छ । कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

भक्तपुर- दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन्।

असन, न्यूरोड र खिचापोखरीको दसैं सान

राजधानी काठमाडौंसहरको मध्यक्षेत्र जमल। जमलबाट थोरै भित्रपुगेपछि पुगिन्छ यहाँको पुरानो असन बजार। वरिपरि मन्दिर। बीचमा सानो चोक। सानो चोकमा थरी थरीका पसल। पसल सानै भएपनि यहाँ नपाइने सर्जाम छैन्। पहिलो बसन्तपुरक्षेत्रमा राजदरबारको चहलपहल छँदा यहाँ सरकारी अड्डा,पुलिस चौकी बढी थिए। पछि विस्तारै मानव वस्ती बढेपछि मान्छेको शहरमा परिणत भयो।

भूकम्पले दसैंमा पनि बिकेन कमेरो

दसैंको आगमनसँगै मध्यपुरथिमिको कमेरोटारमा बिक्री गर्न भ्याइनभ्याइ हुने कमेरोको माटो यस वर्ष नबिक्दा यहाँका किसान मर्कामा परेका छन् । दसैंमा घर पोत्न प्रयोग हुने कमेरो (घरको भित्र पोत्न प्रयोग हुने सेतो माटोरु एक लाखसम्मको बिक्री हुने गरे पनि यस वर्ष भने रु एक हजारको कमेरो पनि बिक्री नभएको यहाँका बासिन्दाले बताएका छन् ।

दसैँ मान्न राजधानीबाट २२ लाख यात्रु बाहिरिए

दसैँ मान्नका लागि राजधानी काठमाडौँ उपत्यकाबाट आजसम्म २२ लाख यात्रु बाहिरिएका छन् । उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

दसैँ : एक ईप्सास्मृति

अहिले समय बदलिएको छ । प्रविधिले पछिल्लो पुस्तालाई लफ्रक्कै पारेको छ । के दसैँ–के तिहार फुर्सद भयो कि मोबाइल र ल्यापटपमा आँखा टाँस्सिन पुग्छ । यो समय अग्रज साहित्यकार–लेखकहरू आफ्नो युवावयमा कसरी दसैँ मनाउँथे भनी सम्झनु पनि नौलो लाग्छ । पछिल्लो पुस्ताका कपितय भावुक मनलाई पुरानो दसैँको कुरामात्र गर्दा पनि लोभ लागिहाल्छ ।

दसैंमा पन्छी ब्यापार (फोटो फिचर)

काठमाडौं- सामान्य समयमा भन्दा दसैंमा धेरै मासु खपत हुने गर्छ। विशेषगरी खसी, बोका र हिमाली च्याङग्राको मासु दसैंमा बढी प्रयोग गरिने भए पनि कुखुरा, हाँस, लौकाट जस्ता पन्छीको ब्यापार पनि यो समयमा बढ्ने गर्छ। नवरात्रीमा बोका, राँगा, भाले र हाँस बली दिने चलन पनि रहँदै आएको छ।

माझी गाउँमा दसैँ मनाउँदै सांसद

तम्घास (गुल्मी)- नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले गुल्मीको खोला तथा नदी किनारमा बस्दै आएका माझी समुदायसँग यसपालीको दसैँ मनाउने भएका छन्।

दसैं सकिएपछि संविधान संशोधन प्रस्ताव दर्ता हुन्छ: मन्त्री केसी

काठमाडौं- सहरी विकास मन्त्री अर्जुनरसिंह केसीले दसैं सकिएको १५ दिनदेखि एक महिनाभित्रै संविधान संशोधन प्रस्ताव दर्ता हुने बताएका छन्।

सहिष्णुताको पर्व दसैँ

सिंगो मुलुक यतिखेर चाडबाडको मानसिकतामा छ । मिश्रित समाज र मिश्रित नै सांस्कृतिकता हुँदाहुँदै पनि परापूर्वकालदेखि दसैँप्रति सारा नेपाली अपनत्वभाव राख्छन् । दसैँजस्ता ‘सबैको पर्व’ सामूहिक तवरमा मनाउने प्रचलनका कारण नेपाली सहिष्णुता संसारमै अनुकरणीय मानिन्छ ।

‘गरिबलाई के को दसैं’

दसैंले छपक्कै छोपिसक्यो । राजधानीबाट दसैं मनाउन घर फिर्नेको लर्को छ । घर फिर्ने तयारीमा रहेकाहरू किनमेलमा व्यस्त छन् । राजधानीका बजार, सडकपेटी सबैतिर घुइँचो छ । किनमेल गर्नेको भिड छिचोलिसक्नु छैन ।

दसैंमा बाजा बजाउँंदै युवायुवती

आधुनिक देखिन परम्परा छाड्दै गएका भक्तपुरका युवा पुस्ताको आकर्षण परम्परागत बाजाप्रति भने बढ्न थालेको छ । दसैंसँगै यहाँका युवा परम्परागत बाजा बजाउन व्यस्त देखिन थालेका छन् ।

मजदुरलाई के दसैं !

सबैलाई दसैं आयो, डोलबहादुर स्याङ्तान, ७२ लाई भने अहिले पनि मजदुरीकै चटारो छ । सेताम्य केश, अनुहारमा उमेरका मुजा । वर्षौं भयो, उनको थाप्लोले विश्राम पाएको छैन । काठमाडौंको एक ठूलो भवन निर्माणमा खटिएका उनी गिटी ओसार्दै दिन बितेको पत्तो पाउन्नन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्