सबैको घरमा दसैंको रौनक छाईसकेको छ । बाँके, राप्तीसोनारी गाउँपालिकास्थित फत्तेपुर, लक्ष्मीराजपुर निवासी लक्ष्मण थारुको घरमा दसैंको कुनै रौनक देखिंदैन । बिहान र बेलुकाको छाक टार्न मुस्किल परिरहेका बेला उनको परिवारले दसैं मनाउने कल्पनासमेत गरेको छैन । ‘अहिलेसम्म खाने र बस्ने ठेगान छैन, यस्तो बेलामा दसैं मनाउने कुरा सोच्न सकेको छैन,’ लक्ष्मणले नागरिकसँग भने ।
गत साउन अन्तिम साता आएको राप्तीको बाढीले काँचो इँटाले निर्मित उनको घर भत्काएको थियो । घरमा पूर्णरूपले क्षति पु¥याएपछि करिब एक महिनासम्म लक्ष्मणको परिवार विस्थापित भएको थियो । अहिले गाउँमै फर्केर काम चलाउ हिसाबले बस्ने ठाउँको जोहो त गरेका छन् तर वर्षमा एकपटक आएको पर्व मनाउने रुपैयाँ उनीसँग छैन । घरमा रहेका सात जनाको परिवारको पेट पाल्न मुस्किल परिरहेको लक्ष्मणले दुखेसो पोखे ।