के जन्मदेखि महिला भएका व्यक्तिहरू मात्र महिलाको पहिचान गर्न सक्छन्? अथवा छोरा भएर जन्मेकापछि महिला पहिचान अपनाउने व्यक्ति पनि महिलाको पहिचान गर्न सक्छन्?
नेपाली राजनीतिमा सत्ताका लागि धेरै लामो समयसम्म द्वन्द्वचलिरहेको छ । समाजमा हामी सबैले भर्खर भोगेको १० वर्षे द्वन्द्व यसको प्रमाण हो । यसले समाजमा ठूलो द्वन्द्व ल्यायो ।
नेपालमा देवीका मन्दिर र शक्तिपीठहरू थुप्रै छन् । यी सवै देवीमध्ये भवानी–दुर्गाको विषेश स्थान छ । दुर्गा राजा–महाराजले रुचाउने खास देवी हुन् । राम र रावण दुवै उनको उपासना गर्थे । उनलाई सिंंहमाथि सवारी गरेको, हातमा थुप्रै अस्त्र–शस्त्र धारण गरेको र महिषासुरसँग लड्दै गरेको देखाइन्छ । दसैँ यिनै दुर्गा भवानीका लागि समर्पित छ ।