कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो। यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो। मानिस सूचना प्रविधीको युगमा प्रवेश गरेको छ। मानिस एक विश्वगाउँका रूपमा अभ्यस्त भैसकेको छ। आज सूचना प्रविधि रहेका गाउँ गाउँ बस्ती बस्ती विश्वको घटना सेकेन्डको भरमा उपभोग गर्न सकेका छन्। शायद विकसित समाजमा मानिसले सूचना प्रविधिको उपयोग सही तरिकाले गरेका होलान् तर अल्पविकसित देशमा यसको प्रयोग राम्रो कामको भन्दा पनि नराम्रो कामका लागि भएको देखिन्छ।
यस संस्कारबाट नेपाली समाज पनि अछूतो रहन सकेको छैन। जसको फलस्वरूप यहाँ विभिन्न युट्युब तथा सामाजिक सञ्जालमा सामाजिक संस्कार संस्कृतिभन्दा पनि मानिसका चरित्र हत्या गर्ने परम्परा बढेको छ। जसले गर्दा धैरै मानिस मानसिक रोगबाट क्षतविक्षत पनि भएका छन् भने आत्महत्या भएका घटना पनि हाम्रो समाजमा देखिएको छ। यस्ता घटनामा धेरै महिलालाई असर गरेको छ।
सूचना प्रविधीको सही उपयोगको सट्टा झन श्रीमान् र श्रीमती बेमलको अवस्था, कुनै समाजमा भएका पारिवारिक घटनालाई बजारमा ल्याइ सामाजिक चरित्र हत्या गर्नु भनेको यो पुरुषप्रधानको उपज त होइन ? यो अझै खोजको विषय हो कि? यो नेपाली समाजमा पुरुषको भन्दा पनि महिलाको चरित्र हत्या धेरै भएको छ। कुनै घरमा भएको श्रीमान् श्रीमतीको झगडालाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ।
कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो। यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो। मानिस सूचना प्रविधीको युगमा प्रवेश गरेको छ। मानिस एक विश्वगाउँका रूपमा अभ्यस्त भैसकेको छ।
यसरी श्रीमान् र श्रीमतीको आपसी बेमेलको सम्बन्धलाई सामाजिक सञ्जालमा विभिन्न मिडियाले प्रचारप्रसार गर्नु पनि एक समाजिक चरित्र हत्या हो। यो अवस्था अहिले मिडियाबाहेक सबैका घर घरभित्र, आफ्नो परिवारभित्र नै श्रीमान्ले आफ्नो श्रीमतीको चरित्र हत्या गर्ने, श्रीमतीले पनि आफ्नो श्रीमान्को चरित्र हत्या गर्ने क्रम बढ्दोरूपमा देखिन्छ। सामाजिक सञ्जालको अवस्था हेर्दा श्रीमतीले भन्दा पनि श्रीमान्ले श्रीमतीको चरित्रलाई सामाजिक सञ्जालमा ल्याइ उनको चरित्र हत्या गर्ने क्रम धेरै नै छ।
हिन्दु समाज
हाम्रो समाज हिन्दु समाजबाट नै अभिप्रेरित छ। हिन्दू समाजका विभिन्न शास्त्र र पुराणले पनि महिलाको चरित्र हत्या गरेका देखिन्छ।
पौराणिक कालदेखि नै नारीको चरित्र हत्या गर्दा यो समाज मुकदर्शक भएर बसेका दृष्टान्त पनि पाइन्छन्। पौराणिक पात्र नवदुर्गासँगै सती, सीता, कुन्ती, द्रौपदीलगायतको उदाहरण हेर्न सकिन्छ। देवी सती दक्ष प्रजापतिकी पुत्री थिइन्। उनका श्रीमान् शिवशंकरलाई हेप्दै यज्ञमा आमन्त्रित गरिएन जसकारण सतीले अग्निमा जीवन त्याग गरेकी थिइन्।
त्यस्तै, वाल्मीकि रामायणअनुसार रामकी श्रीमती सीताका रूपमा रावण लालायित भएर उनी रावणद्वारा अपहरित हुन पुग्छिन्। रावणले अपरहरण गरेको भनी त्यो समाजमा उनको चरित्र हत्या भएको देखिन्छ। फलस्वरूप उनलाई त्यहाँ रहँदा–बस्दा उनको चरित्रमा दाग लागेको हो कि हैन भनी चोख्याउने नाममा अग्निकुण्डमा हालिन्छ। त्यहाँ पनि उनको उनको पवित्रता वा चरित्र जाँचिएको छ। उनी अग्निकुण्डमा होमिँदा पनि उनको मृत्यु हुँदैन। तर पनि उनको चरित्रलाई तत्कालीन समाजको सामाजिक मनोविज्ञानले चिर्न नसक्दा उनी जिउँदै धर्तीमा प्रवेश गरेकी छिन्।
हाम्रो समाज हिन्दु समाजबाट नै अभिप्रेरित छ। हिन्दू समाजका विभिन्न शास्त्र र पुराणले पनि महिलाको चरित्र हत्या गरेका देखिन्छ।
यसरी उनको चरित्रमा दाग लगाएको देखिन्छ। रामायणमा उनलाई धन–सम्पत्तिको लोभमा लालची भएको, चरित्रमा दाग लागेको र जिउँदै जलाइएको वा खाडलमा हालिएको छ। यस्तै सोच अझै पनि नेपाली समाजमा छ। यस्ता सोचले समाजमा निकै बलिया जरा गाडेको छ।
त्यस्तै, द्रौपदी पाञ्चाल देशका राजा द्रुपदकी पुत्री थिइन्। यिनी पनि अग्निकुण्डबाट जन्मिएकी थिइन्। उनी पाँच पाण्डवकी पत्नी थिइन्। यसमा पनि रोचक कथालाई वर्णन गरिएको छ जसले समाजलाई मार्गदर्शन दिएको छ।
द्रौपदीले ब्रह्मासँगको वरदानमा पाँचवटा वरदान मागेकी हुन्छिन्। उनले आफ्नो पतिमा हुनुपर्ने गुणहरूमा नीतिवान, बलवान, धनुधर, रूपवान पाँच वर मागेको प्रसंग छ। जसको फलस्वरूप उनले पाँच पति पाएकी थिइन्।
अन्तमा उनको राजभवनमा चिरहरण गरिन्छ। यस्तो भव्य समाजमा आफ्नै छोरी बुहारीको चिरहरण हुँदा पनि कोही बोल्न नसक्नु के यो पुरुषप्रधान थियो? यसले महिलाको दयनीय अवस्थाको चित्रण गर्दछ। हाम्रो नेपाली समाजमा कुनै पनि महिलाको चरित्र हत्या गर्दा हामी पनि बोल्न नसक्नु नै त्यही सामाजिक सोचको प्रतीक हो। यस्ता घटना अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देख्न सकिन्छ।
हिन्दु धर्म–संस्कृतिमा मात्रै मिथक, विभेद र विकृति छन् भन्ने होइन। विश्वका अन्य धर्मभित्र पनि भिन्न–भिन्न समूह छन्। फरक मूल्य–मान्यता र मिथक छन्। त्यसैले धेरै पहिलेदेखि नै यो धर्तीमा विभिन्न ढंगले महिला उत्पीडित छन्। शोषण वा दमन विरुद्ध महिलाले आफ्नो आवाज आफ्नै किसिमले उठाउँदै आएका भए तापनि अझै पनि महिलाले सामाजिक न्याय पाउन सकेका छनैन्।
द्रौपदीले ब्रह्मासँगको वरदानमा पाँचवटा वरदान मागेकी हुन्छिन्। उनले आफ्नो पतिमा हुनुपर्ने गुणहरूमा नीतिवान, बलवान, धनुधर, रूपवान पाँच वर मागेको प्रसंग छ।
पुरुषवादी वा पितृसत्तात्मक दृष्टिकोणबाट लेखिएको इतिहासमा पनि राजा–महाराजाहरूको शासन र युद्ध–विजयका घटनाको चर्चा गर्दा महिलाहरू अपेक्षित अपहेलित र चरित्र हत्या भएको मात्र पाइन्छ। एक्काइसौँ शताब्दीमा पनि यस्ता घटनाले बृहत् रूप लिएको छ। यसको निराकरण कसरी गर्ने योचाहिँ गहन विषय बनेको छ। यसमा अब समाजले चिन्तन लिनुपर्ने अवस्था आएको छ। सँगसँगै कानुनको पनि ज्ञान हुनु आवश्यक छ।
साइबर कानुन र गोपनीयता भंग
अझै पनि नेपाली समाजमा चेतना विकास भएको छैन। मानिसले नेपाली समाजमा न्याय पाएका छैनन्। समाजमा अझै पनि मुद्दा मामिलामा जानु भनेको उनको तथा उनका परिवारको त्यो समाजमा नैतिकता नहुनु भन्ने समाजिक मनोविज्ञान सबैको मनमस्तिष्कमा छ। मानिस जति नै पीडामा परे पनि कानुनी उपचार गर्न अड्डा अदालत जानु भनेको आफने तथा परिवारको इज्जतमा दाग लाग्नु हो भन्ने भावना छ।
फलस्वरूप धेरै मुद्दा अझै पनि समाजमा दबेर बसेका छन्। एकादुईबाहेक अझै पनि अदालतमा आएर मुद्दा दर्ता गरेर कानुनी उपचार गर्ने साहस उनीहरूमा छैन। यही सामाजिक मनोविज्ञान बुझेर नै होला, समाजिक सञ्जालमा चरित्र हत्या गर्ने क्रम बढ्दो छ।
अझै पनि नेपाली समाजमा चेतना विकास भएको छैन। मानिसले नेपाली समाजमा न्याय पाएका छैनन्। समाजमा अझै पनि मुद्दा मामिलामा जानु भनेको उनको तथा उनका परिवारको त्यो समाजमा नैतिकता नहुनु भन्ने समाजिक मनोविज्ञान सबैको मनमस्तिष्कमा छ।
अझै पनि कति पीडितलाई कानुनको ज्ञान छैन। कानुनको ज्ञान नहुँदा चरित्र हत्याका मुद्दा अगाडि बढेका छैनन्। सामाजिक सञ्जालमा लेखेर कसैको चरित्र हत्या गर्दा कस्तो कानुन लाग्छ भन्ने कुरा नेपाल सरकारको विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को परिच्छेद ९ को ४७ को १ अनुसार यसरी व्याख्या गरिएको छ:
कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनको प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा देष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।
त्यसैगरी २ मा कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसूर पटक पटक गरेमा त्यस्तो कसूरबापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ।
यसैगरी कुनै विद्युतीय उपकरणमा गरिएका कुराहरूलाई सामाजिक सञ्जालमा सार्वजनिकीकरण गर्नु, गोपनीयता भङ्ग गर्नेलाई पनि परिच्छेद ९ को ४८ मा गोपनीयता भङ्ग गर्ने कानुनमा कुनै पनि विद्युतीय रूपमा गरिएका कुरा अभिलेख, किताब, रजिस्टर, पत्रव्यवहार, सूचना, कागजात वा अन्य सामग्रीहरूमा पहुँच प्राप्त गरेको कुनै व्यक्तिले कुनै अनधिकृत व्यक्तिलाई त्यस्तो अभिलेख, किताब, रजिस्टर, पत्रव्यवहार, सूचना, कागजात वा सामग्रीको गोपनीयता भङ्ग गरेमा वा भङ्ग गर्न लगाएमा निजलाई कसूरको मात्र हेरी एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भनेर व्याख्या गरिएको छ। हामी अब यही कानुनलाई टेकेर नै त्यस्ता अपराधीलाई कानुनको कठघरामा उभाउन सकिन्छ।
सामाजिक न्याय
मानिस समाजविना बाँच्न सक्दैन। समाजले निर्धारण गरेका सामाजिक संरचनाभित्र हामी सबै बस्न सक्नुपर्छ। हामीहरू सद्भाव र संस्कारमा बस्न सकिएन भने त्यसले समाजमा विचलन ल्याउँछ। समाजमा भएका त्यस्ता अभद्र व्यवहार र कुनै व्यक्तिको चरित्र हत्याले गर्दा विभिन्न सामाजिक घटना निम्त्याएको पनि छ। अझ झन ठूला ठूला घटना निम्त्याउन सक्छ। फलस्वरूप समाजमा कोही कसैको चरित्र हत्या गर्ने व्यक्तिलाई साइबर कानुनको दायरमा ल्याउनु र सामाजिक न्याय गर्न सक्नुपर्छ।
यस्तै साइबर क्राइमको विकृतिमा यस पंक्तिकारको सानो अध्ययन मनन गरौँ: विगत चार वर्षदेखि निकै नजिक भएर संगत गरेर अध्ययन गरेका सामाजिक चरित्र हत्याचाहिँ उनको पारिवारिक कलहका सम्बन्धका कारण हो। त्यो कलहमा उनी र उनकी श्रीमतीको सम्बन्ध विछोडको पारिवारिक किचलोमा हो।
सानो वैमनश्यताका कारणले गर्दा उनका श्रीमान्ले जे/जसरी समाजिक सञ्जालमा श्रीमतीको चरित्रहत्या गरेका छन्, उनीसँग भएको विद्युतीय कुराकानीलाई सामाजिक सञ्जालमा ल्याएर उनीहरू बीचको गोपनीयता भङ्ग गरेका छन्। त्यो सरासर गलत देखिन्छ। त्यसमा एक महिलालाई वा श्रीमतीलाई हैरान पारिएको छ। अपमान गरिएको छ। उत्पीडनमा पारिएको छ। उनको नराम्रा कुरा गरी समाजमा उनको चरित्र हत्या गरिएको छ।
सानो वैमनश्यताका कारणले गर्दा उनका श्रीमान्ले जे/जसरी समाजिक सञ्जालमा श्रीमतीको चरित्रहत्या गरेका छन्, उनीसँग भएको विद्युतीय कुराकानीलाई सामाजिक सञ्जालमा ल्याएर उनीहरू बीचको गोपनीयता भङ्ग गरेका छन्।
एक महिला तथा कुनै व्यक्तिको चरित्र हत्या गर्दा हाम्रो समाजले ताली बजाइरहेको छ। समाज मुकदर्शक बनेको छ। यो कदापि हुनु हुँदैन। यसरी आफ्नो श्रीमतीको चरित्र हत्या गर्नेले भोलि तपाई हाम्रो पनि चरित्र हत्या गर्न सक्छ। यस्ता भाइरसलाई हामीले कानुनी कठघरामा उभ्याउनुका साथै सामाजिक बहिष्कार गरौँ। समाजमा सामाजिक नैतिकताको न्याय दिनु नै अहिलको समाजको आवश्यकता हो।
प्रकाशित: १८ वैशाख २०८० ००:१३ सोमबार