१ मंसिर २०८१ शनिबार
image/svg+xml

मचिदैनन् दसैंमा पीङ

वसन्तपुरका मनिल शाक्य दसैं नजिकिएसँगै खुसीले गद्गद् हुन्थे । उनको खुसी हुनुको कारणमध्ये एक थियो–पीङ । उनी आफ्नो टोलमा हालिने पीङमा घण्टौं लाम बसेर खेल्ने दर्गथे । ‘दसैं भनेकै पीङ जस्तो लाग्थ्यो मलाई,’ उनले भने, ‘खाने, ल्याउने त जहिल्यै हुन्छ । पीङचाँही दसैंमा मात्रै खेल्न पाइन्छ ।’ त्यसैले त घण्टौं पालो कुरेर पीङ खेलिथेँ उनी ।

दसैँ : पौराणिक कथाहरु

श्रीराम हरण गरिएकी पत्नी सीता फर्काउने क्रममा लङ्कामाथि आक्रमण गर्ने तरखर गर्दै थिए । आक्रमणअघि समुद्रतटमा रामले नौ दिनसम्म देवीको पूजा गरे । ‘पूजा गरे तिम्रो भलो हुनेछ,’ सृष्टिकर्ता ब्रह्माको सल्लाह थियो । रामले देवीको पूजा गर्ने कुरा रावणले पत्तो पाएपछि व्यवधान गर्ने प्रयास गरे । उनी आफैंले पनि विजयप्राप्तिका लागि देवीको पाठ सुररू गरे ।

यसरी पकाउनुस् दसैंमा मासु

नेपालीको रमाइलो पर्व फेरि आएको छ। दसैं नवदुर्गाको पूजा गर्ने मात्र नभई यसका अनेक सांस्कृतिक अनि सामाजिक महत्व पनि छन्। काम व्यवसायले टाढा रहेका सदस्य घर फिर्ने पर्व पनि हो दसैं । यो ठूलाबडाबाट टीका आशिर्वाद थाप्ने पर्व पनि हो । नजिकदेखि टाढाका आफन्त भेटघाट गरी रमाइलो गर्ने अवसर पनि दसैं हो । यत्ति मात्र नभई नयाँ लगाउने र मीठो खाने पर्वको रुपमा समेत परिचित छ दसैं।

दसैंको मुखमा तस्करको रजगज

वीरगन्ज भन्सारस्थित लोकल शाखा भएर हुने आयात व्यापार ह्वात्तै घटेको छ । बजार छप्कैया, भकुवालगायत वीरगन्ज भन्सारपछाडिको एरियाबाट अवैध चोरी पैठारी भएर भारतीय मालसामान भित्रिने क्रम भने बढेको छ । प्रदेश २ निर्वाचनको केही अघिदेखि स्थानीय बोलचालको भाषामा यतिखेर तस्करीको ‘लाइन’ व्यापक चलेको छ ।

दसैंका नाममा धमाधम

केही वर्षअघिसम्म दसैं फिल्म रिलिजका लागि अनुपयुक्त समय मानिन्थ्यो । खासगरी निर्माताहरू काठमाडौंमा फिल्म रिलिज गर्न डराउँथे । मोफसलमा भने दसैं नै फिल्म रिलिजका लागि उपयुक्त मानिन्थ्यो । तर, काठमाडौंमा बढेको जनसंख्याको चापले दसैंलाई नेपाली फिल्म रिलिजका लागि सबैभन्दा ठूलो ‘डेट’को रूपमा स्थापित गरेको छ ।

अपभ्रंश हुँदै दसैँ

हिन्दु धर्मावलम्वीको सबैभन्दा महान् चाड दसैँ हो भन्नेमा दुई मत छैन । लोक कथाअनुसार त्रेत्रायुमा रामले आफ्नी श्रीमती सीतालाई रावणले हरण गरेपछि लंकामा लडाईँ गरी रावणलाई समाप्त गरी हरण भएकी श्रीमती फेरि आफूले ल्याउन सफल भएकाले अर्थात विजय प्राप्त गरेकाले अयोध्याबासीले यो विजयलाई उल्लासका साथ मनाएका थिए

बाढीपीडितलाई आएन दसैं

सबैको घरमा दसैंको रौनक छाईसकेको छ । बाँके, राप्तीसोनारी गाउँपालिकास्थित फत्तेपुर, लक्ष्मीराजपुर निवासी लक्ष्मण थारुको घरमा दसैंको कुनै रौनक देखिंदैन । बिहान र बेलुकाको छाक टार्न मुस्किल परिरहेका बेला उनको परिवारले दसैं मनाउने कल्पनासमेत गरेको छैन । ‘अहिलेसम्म खाने र बस्ने ठेगान छैन, यस्तो बेलामा दसैं मनाउने कुरा सोच्न सकेको छैन,’ लक्ष्मणले नागरिकसँग भने । गत साउन अन्तिम साता आएको राप्तीको बाढीले काँचो इँटाले निर्मित उनको घर भत्काएको थियो । घरमा पूर्णरूपले क्षति पु¥याएपछि करिब एक महिनासम्म लक्ष्मणको परिवार विस्थापित भएको थियो । अहिले गाउँमै फर्केर काम चलाउ हिसाबले बस्ने ठाउँको जोहो त गरेका छन् तर वर्षमा एकपटक आएको पर्व मनाउने रुपैयाँ उनीसँग छैन । घरमा रहेका सात जनाको परिवारको पेट पाल्न मुस्किल परिरहेको लक्ष्मणले दुखेसो पोखे ।

दसैंका गीतमा पीडा

वाल्यकालमा औंला भाँँच्दै धेरैले यही गीत गाउँदै दसैंलाई निम्ता दिन्थे । यो गीत गाउँदा घरमै दसैं आइसकेको धेरैलाई आभाष हुन्थ्यो । तर, अहिले यो गीत विरलै सुनिन्छ । संगीत र प्रविधिमा आएको परिवर्तनले दशैं र तिहारका गीतमा माया पिरती, दुःख, व्यथाका भावले स्थान पाएका छन् ।

दसैँका मुखमा सडकभर फोहोर

स्थानीय तहको लापरबाहीका कारण दसैँका मुखैमा उपत्यकाका चोकचोकमा फोहोर थुप्रिएको छ । काठमाडौं र ललितपुर महानगरपालिकासहित स्थानीय तहले फोहोर व्यवस्थापन नगर्दा मुख्य पर्वकै बेला उपत्यकावासीले सास्ती पाएका छन् । उपत्यकाका मुख्य सहरी क्षेत्रमै केही दिनदेखि फोहोरको डंगुर लागेको छ ।

दसैँको आधुनिक शुभकामना

नेपालमा देवीका मन्दिर र शक्तिपीठहरू थुप्रै छन् । यी सवै देवीमध्ये भवानी–दुर्गाको विषेश स्थान छ । दुर्गा राजा–महाराजले रुचाउने खास देवी हुन् । राम र रावण दुवै उनको उपासना गर्थे । उनलाई सिंंहमाथि सवारी गरेको, हातमा थुप्रै अस्त्र–शस्त्र धारण गरेको र महिषासुरसँग लड्दै गरेको देखाइन्छ । दसैँ यिनै दुर्गा भवानीका लागि समर्पित छ ।

विस्थापितको दसैँ

साँघुरो बस्ती । थोरै जमिनमा लहरै धेरै टहरा । हरेक घरमा परिवार धेरै । सबैको बासथलो सानो र साघँुरो । सबै अस्थायी जस्तापाताले छाइएको र घेरिएको टहरो । आजकल त दिनहुँ चर्कने घामको ताप सहनै नसकिने । उकुसमुकुस । कष्टकर जीविका । बस्तीमा उज्यालो छैन

गैरहिन्दूको दसैँ

पर्यटन व्यवसायी तथा लेखक लाक्पा फुटी शेर्पाको घरमा दसैँका बेला कुनै पूजाआजा हुँदैन । दसैँको लामो बिदामा पनि उनी कामकै चटारामा हुन्छिन् । ‘यही बेला ट्रेकिङको सिजन पर्छ,’ उनी भन्छिन्, ‘यो बेला पनि हामी व्यवसायमै व्यस्त हुन्छौँ ।’

दसैँ बिदा विदेशमा

पछिल्ला वर्ष दसैँ बिदा मनाउन विदेश घुम्न जाने नेपाली बढ्न थालेका छन् । उनीहरू दसैँको चहलपहल सुरु नहुँदै बिदा मनाउने योजना बुन्न थाल्छन् । अरु बिदाको तुलनामा दसैँमा लामो बिदा हुन्छ, बिदाको सदुपयोग गर्न कतिपयले विदेश भ्रमण समेत रोज्न थालेका छन् ।

भूकम्प पीडितको दसैं यस पटक पनि टहरामै

बिहानीको झुल्के घामसँगै नुवाइधुवाइ चित्त शुद्ध बनाएपछि बाँडेगाउँका भरतप्रसाद तिमिल्सिनालाई जमरा राख्ने हतारो सुरु भयो । सफा जमिनको मलिनो माटो धुलो बनाए अस्थायी टहरोको एउटा कुनामा खन्याएपछि उनी जमरा राख्न जुटे।

दसैँमै बढ्छन् दुर्घटना

प्रहरीले टिकटमा कालोबजारी भए तत्कालै ‘कन्ट्रोल रुम’मा खबर गर्न अनुरोध गरेको छ । बसको छतमा मान्छे र व्यापारिक सरसमान राखेको पाइए कडा कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ । सवारी तथा यातायात व्यवस्था नियमावलीमा सवारीसाधनमा छत राख्न नपाउने नियम छ । छत राखेर सवारीसाधन चलाएमा पाँच हजार जरिवाना र ६ महिना इजाजत रद्द गर्न सकिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्