१ मंसिर २०८१ शनिबार
image/svg+xml

१७ हजार भेँडाच्याङ्ग्रा निकासी

दसैंलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ। मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, जाजरकोट र तिब्बतबाट समेत महीनौँ लगाएर ल्याइएका भेडाच्याङ्ग्रा म्याग्दी हुँदै निकासी गरिएको हो।

आज नवरात्रको छैठौं दिनः कात्यायनी माताको पूजा गरिंदै

बडा दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ। हिन्दूहरुकी देवी नवदुर्गाको छैठौं स्वरुप कात्यायनी हो। अमरकोषमा पार्वतीको दोस्रो नाम कात्यायनी भनिएको छ।

दसैं मनाउन घर फर्कंनेको धुइरो

अछाम बान्नातोलीका भरत गिरी भारतको सुरतमा मजदुरी गर्छन्। दुई वर्षपछि उनी घरपरिवारसँगै दसैं मनाउन घर आएका छन् ।

सडकले सहज दसैं

तिला गाउँपालिका–९ का मोहन बोहोरा दसैंको किनमेल गर्न नजिकैको सिनानगर बजारमा पुगे । दसैंलाई चाहिने चामल, तेल र मसला लिएर घर फर्के।

त्रिपालभित्र दसैं उत्साह

तुलसीपुर उपमहानगरपालिका, बखरिया गाउँस्थित एउटा बस्ती। चार वर्षअघि बबईमा आएको बाढीले घरबास सोहोरेपछि विस्थापितहरू त्रिपालको ओतमा आश्रित छन्।

दसैंको दिन सेनाले उपत्यकमा यातायात सेवा दिने (रुट सहित)

दसैंको अवसरमा नेपाली सेनाले काठमाडौं उपत्यकामा बस सेवा सञ्चालन गर्ने भएको छ। सेनाले कार्तिक ०२ गते बिजया दशमीका दिन उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सेवा दिन लागेको जनाएको छ। सेनाले उक्त दिन ८ वटा रुटहरुमा  बिहान ७ बजे,  ११ बजे र ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका १/१ वटा बस निःशुल्क सञ्चालन गर्ने जनाएको छ।

सरकारी कर्मचारीले दसैंमा तलब पाएनन्

'मैले जागिर खाएको करिब ३५ वर्ष भयो। दशै तिहार जस्ता चाड पर्वमा तलब रोकिएको थाहा छैन। यो पटकको दसैंमा भने तलब नपाउदा साह्रै दु:ख लागेको छ,' जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगी हरिचन्द्र खड्काले भने। 'यो बेला तलब नपाउने भए पछि बालबच्चालाई लुगा फाटो गर्न,  घर खर्च चलाउन ऋण खोज्दै छु' उनले थपे।

भूकम्पबाट विस्थापित परिवार दसैँ मनाउन गाउँ फर्किए

भूकम्पको कारण विस्थापित भएका भूकम्प पीडित दसैँ मनाउन गाउँ फर्किएका छन्। भूकम्पपछिको चौथो दसैँ मनाउन उनीहरू गाउँ आएका हुन्।

सडक सुरक्षामा ध्यान देऊ

महान् चाड दसैं आँगनमै आइसक्यो। परिवारका सबै सदस्य एउटै थलो अर्थात् मूलघरमा भेट हुने आतुरताले सबैलाई हौस्याइरहेको छ।

सावधान! सानो गल्तीले ठूलो क्षति

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना६ख ९१२ नम्बरको बस शुक्रबार सुनकोसी गाँउपालिका–५, रिठ्ठेभीरबाट सुनकोसी नदीमा खस्दा ३ जनाको मृत्यु भयो। दुर्घटनामा ५ जना घाइते भए।

दसैं मेलामा घुइँचो

भृकुटीमण्डपमा बुधबार सुरु भएको दसैं महोत्सव मेलामा अलवोकनकर्ताको चाप बढेको छ । मेलामा दसैंका लागि आवश्यक सामान विशेष छुटसहित राखिएको छ।

नेट टिभीको एकमा अर्को एक सित्तैमा

नेट टिभी मोबाइल एपले दसैं अफर सार्वजनिक गरेको छ । एनआइटिभी कर्पोरेसनको प्रस्तुति रहेको करिब १० लाख उपभोक्ता रहेको नेटटिभी गुगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ।

भक्तपुरको फरक दसैं

दसैंभरि मनाउने दसैंमध्ये फरक हुन्छ, भक्तपुरको दसैं । यहाँं दसैंको क्रममा नवरात मेला, खम्ये जात्रा (राँगो दौडाउने जात्रा), कुछी भ्वय (दुई माना चिउरा नापेर खानुपर्ने विशेष भोज), पायोन्हायाकेगू (भागी विवाह) लगायतका विशेष आकर्षणहरू रहने गर्छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्