२३ औँ संस्करणको आहा–रारा गोल्डकपः आज सहारा र थ्रीस्टार भिड्दै
सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ।
व्यावसायीले जुन अर्थमा रत्नमन्दिर परिसर खुलाउन सरकारलाई दवाव दिएका थिए, त्यो रुपमा रत्नमन्दिरले पाहुना भने पाउन सकेको छैन। यतिसम्मकी मन्दिर परिसर सर्वसाधारणका लागि खुलेको आठ महिना बितिसकेपनि त्यो अनुसार पाहुना भित्रिएका छैनन।
महायज्ञबाट सङ्कलित रकम गौ सेवा तथा गौशाला व्यवस्थापनमा खर्च गरिने छ। हाल गौशालामा दुई सय बढी गाई संरक्षित छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपालका चारवटा विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन तथा निर्माण गर्ने प्रक्रिया अघि बढाएपछि भारतीय अर्बपति गौतम अडानीको अडानी समूहले चासो राखेको छ।
पोखराका विभिन्न पर्यटकीय पूर्वाधारको स्तरोन्नती तथा सौन्दर्यकरण गर्नेगरि एशियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने भएको छ। दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित पोखरा सहरभित्रका विभिन्न सातवटा पूर्वाधारका लागि साढे चारअर्ब रुपैयाँ बराबर रकम खर्च गर्नेगरि एडिबी र महानगरबीच सम्झौता भएको हो।
ऋण लिएर बनाएका पोखरा र गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नसकेको आरोप खेपिरहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चारवटा विमानस्थल सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्न दिने प्रस्ताव गरेको छ।
नागरिकका लागि सरकारले गरेका कुनैपनि काम र योजना दीर्घकालिन र प्रभावकारी नभएको भन्दै उनले सामाजिक सञ्जालमा कविताको शैलीमा व्यङ्ग्य गरेका छन्।
पोखरामा आज सोमबारदेखि टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८० शुरु भएको छ।
अबको एकमहिना पछि पोखरामा अन्तर्राष्ट्रिय पोखरा म्याराथन हुदैछ। प्रतियोगिताको महिनादिन अघि मात्रै आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले म्याराथनको रुटलाई बदलेको छ। १७ वर्षपछि म्याराथनको रुट फेरिएको हो।
संचालनमा आएको १५ दिनमै भएको हवाई दुर्घटनाको मार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले त खेप्यो नै पोखरा आउजाउ गर्ने हवाई यात्रु नै कम हुँदा समग्र पर्यटन क्षेत्र प्रभावित भएको गुनासो व्यावसायीले गर्दै आएका छन्। तर, दुर्घटनापछिको त्यो त्रास र विमानस्थलप्रतिको आशंका चिर्दै पोखरा आउने हवाई यात्रु बढ्दै जाँदा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक धेरै यात्रुले पोखराको हवाई यात्रा गरेको विमानस्थलले बताएको छ।
पुस २९ गते महानगरको हिउँदे सभा बोलाइए पनि करको विषय सम्बोधन हुन नसक्दा नगर सभा स्थगित भएको हो।
प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो। मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए।
यती एयरलाइन्सको नाइन एन एएनसी कल साइनको जहाज सेती नदीको खोंचमा खसेको एक वर्ष पूरा भएको छ।
पोखरालाई पर्यटनको राजधानी तय गर्ने सरकारी तयारी हुँदै गर्दा यहाँ ठूला आकार र लगानीका होटल भने लामो समयदेखि थपिन सकेका छैनन। यतिसम्मकी यहाँका दुईवटा पाँचतारे मध्ये एउटा होटलले मात्र नवीकरण गरेको छ। पर्यटन विभागले हालै प्रकाशन गरेको पाँचतारे होटलको सूँचीमा पोखराको फूलबारी होटल छैन। फूलबारीले नवीकरण समेत गरेको छैन। पोखरा ग्राण्ड मात्र पोखराको पाँचतारे होटलको रुपमा विभागमा सूँचीकृत छ। नवीकरण नगरेको फूलबारी लामो समयदेखि संचालनमा छैन।
बागलुङ ढोरपाटनमा आज बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ।