२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

२३ औँ संस्करणको आहा–रारा गोल्डकपः आज सहारा र थ्रीस्टार भिड्दै

२३ औँ संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ।

सहारा क्लब पोखराको आयोजनामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ।

नकआउट आधारमा हुने प्रतियोगिताको समूह चरणमा दुवै टिम पहिलो पटक आमनेसामने हुन लागेका हुन्।

प्रतियोगितामा एक विदेशीसहित १२ टिमले सहभागी जनाउँदैछन्। प्रतियोगितामा भुटानको राष्ट्रिय लिग विजेता क्लब पारो एफसीसहित साविक विजेता संकटा, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मर्स्याङ्दी, जावलाखेल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्रीस्टार, राइजिङ स्टार र आयोजक सहारा क्लब सहभागी हुने प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए।

यसअघि आहारारा पोखरा गोल्डकपमा भारतीय लिगको सातौं स्थानमा रहेको दिल्ली एफसी सहभागी हुने बताइएको थियो। तर, दिल्लीले अन्तिम समयमा आउन नसक्ने बताएपछि विभागीय टिम एपीएफ भित्रिएको हो।

गोल्डकपको उपाधि विजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेताले ६ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ।

उत्कृष्ट पाँच विधा र हरेक दिनको म्यान अफ दी म्याच हुने खेलाडीलाई ट्रफी र नगद पुरस्कार पनि दिइने उनले बताए।

प्रतियोगिता माघ २० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ९ माघ २०८० ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App