२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुद २०७९: त्रिभुवन आर्मीलाई रनिङ ट्रफी

गण्डकी प्रदेशको पोखरामा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

नेपालसँग आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको जनाउँदै प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण सोधेको छ।

बैंकको ब्याज वृद्धिविरुद्ध उद्योगी व्यवसायीले आन्दोलन गर्ने

‘दुई वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पर्‍याएको छ। यस्तो अवस्थामा व्यवसाय गर्न सक्ने अवस्था नरहेकोले बैंकविरुद्ध आन्दोलनको विकल्प छैन।’

घरभेटमा व्यस्त गोरखाका उम्मेदवार

‘अहिले योजना बनाउने काम भइरहेको छ’ उनले भने ‘जिल्ला पार्टीले सहजिकरण गरिरहेको छ सबै उम्मेदवार आफ्नो क्षेत्र तोकिएको यरिया भित्र हुनुहुन्छ।’

आजबाट दोस्रो चरणको मतपत्र ढुवानी सुरु

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ आजबाट दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ। पहिलो चरण अन्तर्गत प्रदेश नं १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ।

मलेसियामा मङ्सिर ३ गते आम निर्वाचन हुँदै

उम्मेदवारहरूको मनोनयन यही कात्तिक २० गते हुनेछ भने आधिकारिक चुनाव प्रचारका लागि दुई हप्ताको समय दिइएको निर्वाचन आयोगका अध्यक्ष अब्दुल घानी सल्लेहले पत्रकारलाई बताएका छन्।

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।

निर्वाचन आयोगको सातबुँदे निर्देशन: आचारसंहिता उल्लंघन गरे कारबाही

निर्वाचन आयोगले कात्तिक १७ अघि आचारसंहिताको व्यवस्थाअनुसार प्रचारप्रसारका कार्यक्रम नगर्न निर्देशन दिएको छ।

खर्च कम गर्न दलहरूलाई कस्दै निर्वाचन आयोग

अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनका अनुसार जनताले, जनताद्वारा, जनताका लागि गर्ने शासन व्यवस्था नै लोकतन्त्र हो।

राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

बुधबार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको च्याम्पियन बन्न सफल भएको हो। स्वर्णपदक विजेता एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१,३०–२८मा खेल खेलेको थियो।

रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

बुधबार दिउँसो १२:४५ मा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

नगर अधिवेशन स्थगन गरी स्पष्टीकरण पेस गर्न निर्देशन

आयोगले नगरसभा सदस्य र केही पार्टीका तर्फबाट परेको उजुरीका आधारमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को खण्ड (ख) को प्रतिबन्धात्मक बाक्यांश बमोजिमको अवस्था नपरी आयोगको सहमतिबेगर वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका नीति तथा योजना ल्याउन नमिल्ने स्मरण गराएको हो।

आचारसंहिता कार्यान्वयन गर्न आयोगको सात बुँदे निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई आचारसंहिता कार्यान्वयन गर्न सात बुँदे निर्देशन जारी गरेको छ।

१४९ वटा जातहरुलाई मधेशीको रुपमा परिभाषित गर्न मधेशी आयोगद्वारा सिफारिस

राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्