१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा आयोजित राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लब बनेको छ।

बुधबार बेनीको खुल्ला मैदानमा दुई विभागीय टिमका बीच भएको खेलमा एपीएफले पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै महिला भलिबलको च्याम्पियन बन्न सफल भएको हो। स्वर्णपदक विजेता एपीएफले पहिलो र दोस्रो सेटमा २५–२१,३०–२८मा खेल खेलेको थियो।

त्यसपछि तेस्र सेटमा पुलिस क्लबले २६–२४ ले जित्यो। अन्तिम निर्णयक सेट २५–१९ ले जितेर एपीएफ च्याम्पियन बन्न सफल भयो। एपिएफलाई अन्तिम सेटमा रोक्ने नेपाल प्रहरीको प्रयास असफल भएको थियो। दुई टिमका बीच निकै प्रतिस्पर्धात्मक र रोचक खेल हेर्न धौलागिरी क्षेत्रका विभिन्न स्थानबाट आएका दर्शकले खुल्लामञ्च खचाखच भरिएको थियो।

नेपाल प्रहरीकी कप्तान कमला पुनको गृहजिल्ला समेत म्याग्दी हो। एपीएफकी निरुता थकुन्ना, सरस्वती चौधरी र नेपाल प्रहरीकी कप्तान कमला पुन, कामना विष्टको खेल हेर्न लायकको थियो। फाइनल खेलमा नेपाल प्रहरीको डिफेन्सीपको कमजोरीको फाइदा एपिएफले लिएको थियो।

फाइनल खेलमा आयोजकले तोकेका रेफ्रीको कमजोरीले समेत खेलमा केहीबेर अहसज भएको थियो। विजेता टिमका खेलाडीहरुलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कार, मेडल र ट्रर्फी वितरण गरिएको छ। विजेतालाई जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायतले पुरस्कार वितरण गरेका थिए।

नवौँ राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीमा महिला भलिबल र तेक्वाण्डो प्रतियोगिताको आयोजना गरिएको थियो। यसैगरी बागमती प्रदेशले तेस्रो स्थान जितेर कास्य पदक हात पारेको छ। गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गरी बागमतीले कास्य जितेको हो। भलिबलमा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागीता रहेको थियो।

प्रकाशित: २ कार्तिक २०७९ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App