१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का दुई कर्मचारीलाई पक्राउ गरेको छ।

बुधबार दिउँसो १२:४५ मा इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँसहित पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत रकम लिएको खुलेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले  जानकारी दिए।

अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई निज ईन्जिनियरको मन्थली नगरपालिका १ स्थित कार्यालयसँग जोडिएको निवासबाट पक्राउ गरेको हो।

प्रकाशित: २ कार्तिक २०७९ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App