१० मंसिर २०८१ सोमबार
image/svg+xml

उष्णप्रदेशीय रोगको भार: सीमान्तकृत र विपन्न नागरिक मारमा

जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।

श्रीलङ्कामा १५ दिनमा ५ हजारभन्दा बढीमा डेंगी पुष्टि

श्रीलङ्कामा एक महिनाको अवधिमा ५ हजारभन्दा बढी डेंगीका बिरामी फेला परेका छन्।

चिसो बढिसक्यो, तर, रोकिएन डेंगी

यो वर्ष तनहुँ सदरमुकाम दमौलीलाई डेंगीले आक्रान्त बनायो। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। गण्डकी प्रदेशका ११ जिल्लामध्ये तनहुँमा सबैभन्दा बढी ६ हजार ९ सय ३० जना डेंगीबाट संक्रमित भए। डेंगीबाट तनहुँमा पाँचजनाले ज्यान गुमाए। तनहुँपछि कास्कीमा संक्रमित बढी भए। कास्कीमा यो वर्ष २ हजार ८ सय ७५ जना संक्रमित बने। अहिले पनि तनहुँ, कास्की, स्याङजा, बागलुङ र गोरखा लगायतका जिल्लामा दिनहुँ डेंगी संक्रमित भेटिएका छन।

अझै एक महिना डेंगीको जोखिम

चिसो मौसम सुरु भइसक्दा पनि डेंगी संक्रमण बढ्नुमा एडिस जातको लामखुट्टेमा प्रतिरक्षा क्षमता वृद्धि भएको आकलन गरिएको छ।

उपत्यकामा अझै रोकिएन डेंगी संक्रमण

काठमाडौं उपत्यकामा एक सातायता डेंगी संक्रमण बढेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार एक सातायता डेंगीका बिरामी ह्वात्तै बढेका छन्।

गण्डकी प्रदेश: निरन्तरको घामपानीले डेंगी संक्रमण थामिएन

गण्डकी प्रदेशमा डेंगी संक्रमितको संख्या ७ हजार ४ सय ८९ पुगेको छ। पछिल्लो दुइदिनको अवधिमा मात्र प्रदेशमा १७ सय ७० जना डेंगी संक्रमित थपिएका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय तनहुँमा डेंगी संक्रमितको संख्या निकै नै बढेको छ। निरन्तरजसो पानी पर्दा प्रदेशमा डेंगी फैलाउन सघाउ पुगेको प्रदेश सरकारको भनाई छ।

गण्डकी प्रदेशमा डेंगीः अहिलेसम्मकै बढी संक्रमित

असोज ८ गतेसम्म तनहुँमा डेंगी संक्रमितको संख्या १७ सय १४ थियो । त्यो संख्या मंगलबार (८ दिनपछि) ३३ सय ५३ पुगेको छ। एकसाता अन्तरमा संख्या दोब्बर हुनेगरि तनहुँमा डेंगी संक्रमण तिब्र बनेको छ। तनहुँ सदरमुकाम दमौली सबैभन्दा बढी अहिले डेंगीबाट प्रभावित बनेको छ। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अहिलेसम्म गण्डकी प्रदेशमा सबैगरि डेंगी संक्रमितको संख्या ४ हजार १ सय ७८ पुगेको छ।

तनहुँ सदरमुकाम दमौली डेंगी ‘हटस्पट’ बन्दै

तनहुँको सदरमुकाम दमौली पछिल्लो समय डेंगीको ‘हटस्पट’ बन्दै गएको छ। पछिल्लो साता दिनमा कम्तिमा एकसय जनामा डेंगी संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। डेंगी संक्रमित भएका अधिकांश बासिन्दा सदरमुकाम दमौली बजारभित्रका बासिन्दा हुन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। तनहुँमा यो वर्ष अहिलेसम्म डेंगी संक्रमितको संख्या १७ सय १४ पुगेको छ।

उपत्यकामा डेंगी र अज्ञात ज्वरोका बिरामी बढे

वीर अस्पतालका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठका अनुसार दैनिक उपचारमा पुगेकामध्ये दैनिक आठदेखि १० जनामा डेंगी पुष्टि भएको छ।

गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा डेंगीका संक्रमित

तनहुँमा पछिल्लो समय डेंगी संक्रमण निकै नै बढेको छ। गण्डकी प्रदेशका ११ मध्ये १० जिल्लामा अहिले डेंगीका संक्रमित रहेका छन्। ती मध्ये सबैभन्दा बढी तनहुँमा रहेको गण्डकी प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रले बताएको छ। प्रदेशमा अहिले सबैगरि २१ सय १९ जना डेंगीका संक्रमित रहेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। केन्द्रका अनुसार सबैभन्दा बढी तनहुँमा १४ सय २२ जना डेंगीका बिरामी छन्।

स्थानीय तहका २१ पदमा उपनिर्वाचन हुँदै

नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा विजयी भएका काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको भदौ १९ मा डेंगीबाट निधन भयो।

काठमाडौं उपत्यकामा पनि डेंगी संक्रमण बढ्दै

चारवटा जिल्लाहरूमा प्रकोपको रूप लिएको डेंगी संक्रमण काठमाडौं उपत्यकामा पनि बढ्ने क्रममा रहेको चिकित्सकले औंल्याएका छन्।

डेंगी निर्मूलनतर्फ वैज्ञानिक खोज

इन्सेफ्लाइटिस, कालाज्वर, जिका जस्ता मच्छरले सार्ने अन्य रोगका कारण मर्नेको आकडा हेर्दा यो सूक्ष्म कीरा काबुमा लिन सके लाखौँ जीवन जोगाउन सकिने देखियो।

हिमाल उक्लियो डेंगी

केही वर्ष अघिसम्म पहाडी र हिमाली जिल्लामा लामखुट्टे पाइँदैनथे। तराईका जिल्लामा मात्र लामखुट्टे हुन्थे। पहाड र हिमाली जिल्लाका बासिन्दाले लामखुट्टेको कहर झेल्नुपर्थेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्