७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

उष्णप्रदेशीय रोगको भार: सीमान्तकृत र विपन्न नागरिक मारमा

जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।

केही समयअघि तराईमा सीमित रहेका कालाजार, औंलो, डेंगी, चिकनगुनियाँ तथा हात्तीपाइलेजस्ता रोग अहिले पहाडी भूभागमा पनि फैलिँदै गएका कारण यसको भार थपिँदै गएको र रोग निवारणमा चुनौती थपिएको उनीहरूको भनाइ छ। आइतबार विश्व उपेक्षित उष्णप्रदेशीय रोग दिवसको अवसरमा विज्ञहरूले यस्तो विचार बाहिर ल्याएका हुन्।

ट्रपिकल रोग विशेषज्ञका अनुसार उष्ण प्रदेशीय रोगहरूमा आवश्यक स्रोतसाधनको कमी भएकोले सन् २०१२ मा बेलायतमा भएको एक सम्मेलनले उपेक्षित रोगमा समावेश गरेका थिए। सो सम्मेलनले अबदेखि विश्वव्यापी रूपमा यी रोगहरूलाई प्राथमिकतामा राख्नको लागि प्रतिबद्धता जनाएका थिए। विश्वभरका ५० प्रतिशत भार दक्षिणपूर्वी राष्ट्रहरूमा रहेको र नेपालमा पनि यसको भार रहेको सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बताए।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा पछिल्लो समय जलवायु परिवर्तनले तराईमा सीमित सरुवा रोगहरू पहाड हुँदै हिमाली जिल्लाहरूमा समेत फैलिंदे गएका छन। महाशाखाका अनुसार कालाजारको संक्रमण हरेक वर्ष नयाँ जिल्लाहरूमा फैलिरहेको छ। जसको कारण सन् २०२६ मा निवारण गर्ने भनिएको यो रोगमा चुनौती थपिएको छ।

‘कालिकोटमा कालाजारको संक्रमण उच्च रहेको छ’ राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले भने। कालाजार सुर्खेत, बैतडी, बाजुरा, कैलाली, ओखलढुंगा, सुर्खेतलगायत जिल्लामा फैैलिएको छ। फैलिएका जिल्लामध्येमा कालिकोट, बेैतडी, ओखलढुंंगा र कालिकोट पहाडी तथा हिमाली जिल्ला हुन्।

त्यसैगरी, लामो समयदेखि आम औषधि अभियान लागु भएको दशकौं बितिसक्दा पनि हात्तिपाइले रोग समुदायमा अझै रोक्न सकिएको छैन। जसको कारण आम औषधि कार्यक्रम धेरैैपटक गर्नु परेको छ। अझै पनि कुष्ठरोग केही जिल्लाहरूमा प्रति १० हजारमा संक्रमणको स्थितिमा रहेको छ। डेंगी चिकनगुनियाँ जस्ता रोगहरू हरेक वर्ष प्रकोपको रूपमा फैलिरहेका छन्।

तथ्यांकअनुसार कालाजार कालिकोटमा निवारण हुन सकेको छैन। गत आर्थिक वर्ष २५ सय २२ जना नयाँ कुष्ठरोगी संक्रमित, हात्तीपाइले सातवटा जिल्लामा संक्रमण कायमै छ। हालसम्म हात्तीपाइलेको कारण ४१ हजार पाँच सय ३५ जनामा शारीरिक समस्या आएको छ।

त्यसैगरी, रेबिज नियन्त्रण अहिले पनि प्रमुख चुनौती बनेको महाशाखाले जनाएको छ। नेपालमा प्रतिवर्ष करिब एक सयजनाको मृत्यु रेबिजको कारण हुने गरेको छ। गत आर्थिक वर्षमा मात्र नौ हजारभन्दा बढीलाई सर्पले टोकेको प्रतिवदेन छ।

सन् २०१५ को सर्वेक्षणअनुसार ३४ प्रतिशत स्कुले विद्यार्थीमा जुकाको संक्रमण देखिएको छ। सरकारले यी सरुवा रोगहरूको निवारणका लागि लामो समयदेखि नीति तथा कार्यक्रम बनाएर विभिन्न अभियान लागु गरेको थियो।

विभिन्न उष्णप्रदेशीय रोगहरूमा निवारण हुनुको पछि झन् थपिँदै जानुले निवारणमा चुनौती बनेको र यसको असर नेपालका विपन्न नागरिकमा बढी मात्रामा पर्ने विज्ञहरूले औंल्याएका छन्। ‘विश्व तापनले काम गर्न अप्ठेरो परेको छ, कतिपय रोगमा सफल भएका छांै, कतिपयमा हुन सकेका छैनौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव टंकप्रसाद बराकोटीले भने। निवारणको संकेतपछि पुनः रोगको संक्रमण बढ्नुले कार्यशैलीमा कमी भएको हुनसक्ने उनले बताए।

बढ्दो उष्णप्रदेशीय रोेगको भार भएको नेपालमा यसको पहिचान र उपचारको व्यवस्थापनमा कमी भएको डा. बाँस्तोलाले बताए। उनका अनुसार नेपालमा एक मात्र भेक्टर बर्न डिजेज तालिम तथा अनुसन्धान केन्द्र बन्द हुने अवस्थामा थियो, हामीले फेरि ब्युँताउने कोसिस ग¥यौं,’ उनले भने। यो केन्द्रमा पर्याप्त जनशक्ति र स्रोत राखेर अनुसन्धानकर्ताहरूलाई स्थान दिनुपर्ने देखिन्छ,’ उनले भने। 

विश्व स्वास्थ्य संठगठनका नेपाल निर्देशक डा. राजेश सम्भाजीराव पाण्डवले यो रोगबाट सीमान्तकृृत तथा विपन्न नागरिक मारमा परेको बताए। विपन्न नागरिकहरू बढी प्रभावित पर्ने रोग भएकोले यी रोगहरू प्राथमिकतामा पर्न नसकेको डा. घायको भनाइ छ।

नेपालमा तराईमा बस्ने विपन्न नागरिक नै कालाजार, चिकनगुनियाँ, सर्पदंश जस्ता रोगले बढी प्रभावित भएका छन्। यी रोगहरको समयमै उपचार र निवारणको लागि सबै सरोकावालाहरू समन्वयकारी काम गर्नु पर्ने डा. घायको सुझाव छ।

प्रकाशित: १५ माघ २०८० ०२:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App