२० आश्विन २०८१ आइतबार
image/svg+xml

तालको हालमा राजमार्गका पुल

पुष्पलाल (मध्यपहाडी) राजमार्गमा बनाइएका पक्की पुल वर्षामा तालको हालमा देखिन्छन्। पुलको साइटबाट बनाइएका नालीमा पानी नबग्ने भएपछि ताल बनेका हुन्।

क्रोएसियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारी साधन ओहोर दोहोर

क्रोएसियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो। सो समय यता ३० लाख भन्दा बढी सवारीसाधन गुडेको बताइएको छ। यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो। सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आवत जावत गर्ने गर्दछन्।

चित्तापोलस्थित झोलुङ्गे पुल नजिक एक पुरुष मृत अवस्थामा फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं १० चित्तापोलस्थित झोलुङ्गे पुल तलको भित्री सडक खण्डमा आज एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

सन्धि नेपाल, भारत र बेलायतबिच हुने, सिङ्गापुर प्रहरीमा भर्ना बेलायतले किन लिने ?

बेलायती सेनामा भर्तीको विषय त्रिपक्षीय सन्धिमा समेटिएको भए पनि सिङ्गापुर प्रहरीमा भर्ना विषयमा भने कुनै सम्झौता र सन्धि भएको छैन।

७४ वर्षदेखि अन्यायमा सिङ्गापुरका गोर्खा प्रहरी

गोर्खा सैनिक भर्तीका सम्बन्धमा १९४७ नोभेम्बरमा नेपाल, भारत र बेलायतबिच त्रिपक्षीय सन्धि भएको थियो। त्यही सन्धिमा टेकेर बेलायतले सन् १९४९ देखि सिङ्गापुर प्रहरीमा पनि नेपाली नागरिकलाई पठाउँदै आएको छ।

ठेक्का सम्झौता भएको चार वर्षसम्म पुल निर्माण सुरु नै भएन

म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको चार वर्षसम्म पनि काम सुरुआत भएको छैन्।

बागमती प्रदेश सरकारद्वारा ९५ पुल निर्माण

बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निमार्ण गरेको छ। यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन्।

तीजमा महिला र पुरुष भलिबल

महिलाहरूको पर्व हरितालिका तीज नजिकिँदै गर्दा नवआदर्श सामुदायिक विकास समाज आगामी भदौ २९ गतेदेखि हुने महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको तयारीमा जुटेको छ।

नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनमा ल्याउने तयारी

पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा आएको छ।

ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउने

ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। अत्याधुनिक उक्त आकाशे पुल अपांगमैत्री हुने महानगरले जनाएको छ।

चट्टाने पहाड छिचोल्ने पृथक् पुल

अजङको पहाड कठोर र डरलाग्दो पनि छ तर यसले जडीबुटीजन्य बोटबिरुवाको निक्खर मुलायम हरियो बर्को पो ओढिरहेको छ। जति हेरे पनि हेरिरहूँ लाग्ने हरियालीबाट आँखालाई अथाह आराम र शीतलता मिलिरहेछ।

आदम पिपुल्स नबनिने इसाई पहिचान

आबेल र केन जुम्ल्याहा हुन्, इभका सन्तान। आमा इभ, बाबु फरक। बाइबलको शब्दमा सर्प र इभका सन्तान हुन् केन। त्यसैले बाइबलले केनलाई सैतान भन्यो। ती सैतान भनिएकाहरू यहुदी हुन्, केनका सन्तान। बाइबलको बोलीमा ती ‘ईश्वरका छनोटमा परेका मानिस’ (चुजन पर्सन) होइनन् किनकि उनीहरू आदम र इभका सन्तान होइनन्।

सिटिजन्स बैंक र ओरो प्लस डेन्टलबीच सम्झौता

सिटिजन्स बैंक र पुल्चोकको ओरो प्लस डेन्टल क्लिनिक बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

पुल बगाएपछि जनजीवन कष्टकर

टेम्केमैयुङ गाउँपालिका-९ स्थित राउतेखोलाको झोलुङे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ। एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्