२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

क्रोएसियाको पेल्जेसाक पुलः एक वर्षमा ३० लाख बढी सवारी साधन ओहोर दोहोर

क्रोएसियाको पेल्जेसाक पुल गत वर्षको जुलाई २५ मा यातायात सञ्चालनका लागि खुला भएको थियो। सो समय यता ३० लाख भन्दा बढी सवारीसाधन गुडेको बताइएको छ। यो पुल चिनियाँ कन्सोर्टियमले गरेको देशको सबैभन्दा ठूलो पूर्वाधार परियोजना हो। सो पुलबाट दैनिक ७ हजार सवारीसाधन आवत जावत गर्ने गर्दछन्।

२.४ किमी रहेको पुलले पेल्जेसाक प्रायद्वीपलाई जोड्छ। बाबिकले यसले क्रोएसियाको दक्षिणी भागमा यात्रा गर्न सहज भएको बताए। पुलका कारण पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ।उनले पुल निर्माण भए पनि मालवाहक सवारी साधनका लागि धेरै राम्रो भएको बताए।

प्रकाशित: १ आश्विन २०८० ०५:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App