२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चित्तापोलस्थित झोलुङ्गे पुल नजिक एक पुरुष मृत अवस्थामा फेला

भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नं १० चित्तापोलस्थित झोलुङ्गे पुल तलको भित्री सडक खण्डमा आज एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

 सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा नं ३ घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका वडा नं १३ नयाँ बस्ती साँगा बस्ने वर्ष २३ को सैलेश भारती घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी वृत्त जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई घटनास्थल सवजाँच मुचुल्का कार्य गरिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। सोही क्रममा पुलमा १ जोर जुत्ता, १ वटा मोजा र मृतक नजिक अर्को १ वटा मोजासमेत रहेको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।

प्रकाशित: २९ भाद्र २०८० १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App