१२ वैशाख २०८३ शनिबार
image/svg+xml
Aagan singh Thapa
अगनसिंह थापा


अगनसिंह थापाका लेखहरु :

प्रकृतिको शीतल स्पर्श: खरबुजा

गर्मीको चर्को दिनमा शरीरले चिस्यान खोज्छ, मनले सान्त्वना। त्यही बेला खरबुजाको स्वाद जिब्रोमा पग्लिन्छ, मिठासभन्दा गहिरो शीतलता बोकेर। स्वाद क्षणिक हुन्छ तर त्यसले शरीरभित्र शान्ति रोप्छ।

पुराना पदमार्ग सम्झँदै

विदेशी नव जोडी पाहुना लिएर पूर्ण प्रकृतिको चास्नी चखाउन गुड्दै छु। हिँड्दैछु ऋषिहरूको तपोभूमि देखाउन।

चहलपहल चिनियाँ पर्यटकको

नेपाल ओइरिएका चिनियाँ पर्यटकबिच यस्तै संवाद मनग्य सुनिन्छ यतिबेला ठाउँठाउँमा। अन्नपूर्ण पदमार्गको क्रममा हुपेई प्रान्तबाहेक सिचुआन, सानसी, सानतोङ हेइनानलगायतका प्रान्तबाट आएका सयौं संख्याका चिनियाँ पर्यटक भेटिए।

मनास्लुमुन्तिरको पिरती

प्रकृति खुलेर मुस्कुराउने शारदीय यामको मादक मौसम छ। उमंग, उल्लास र उत्साह मौलाउँदै फिरन्तेहरूको लामो लस्कर डोरिएको छ, मनास्लु संरक्षण क्षेत्रको पदमार्गमा।

हिमचुचुराको असली रूप

अन्नपूर्ण आधारशिविरको विशेषता भनेको चारैतिर मज्जाले मुस्कुराइरहने दर्जनभन्दा बढी विशाल हिमचुचुराहरू हुनु र ती अद्भुत आनन्द दिलाउने हिमचुचुराहरूबीच आफैंलाई आनन्दमा हराउने दुर्लभ अवसर मिल्नु हो।

तेङबुचेसम्मको समय-यात्रा

तेङबुचे नपुग्दै हाम्रो सत्कारमा कोङदे रि हिमाल नजिकिन्छ। सँगसँगै पाहुनाको स्वागतमा फूलमाला लिएर पञ्चकन्या उभिए जसरी सगरमाथा, थामसेर्कु, ल्होत्से र आमाडब्लम हिमालहरू लाइनबद्ध हुन्छन्, जो हिजोसम्म हामीसँग लजाएर नाकमुख छोपीकन ओझेलिएका थिए।

विकटताभित्र सुसज्जित तिलिचो

पदयात्रा र पर्वतारोहणका लागि नेपाल विश्वकै चर्चित गन्तव्यमा पर्छ। नेपाली पहाड पर्वतमा सहासिक, रोमाञ्चक र अलौकिक यात्राको भरपुर आनन्द लिन सकिन्छ।

अपूर्व उत्सव गुराँसका थुँगाथुँगामा

यतिबेला घोरेपानी–ताडापानी, घान्द्रुक–धम्पुसलगायत अन्नपूर्ण क्षेत्रका वनैभरि थरीथरी रङका लालीगुराँस बेसरी फुलेका छन्।

चट्टाने पहाड छिचोल्ने पृथक् पुल

अजङको पहाड कठोर र डरलाग्दो पनि छ तर यसले जडीबुटीजन्य बोटबिरुवाको निक्खर मुलायम हरियो बर्को पो ओढिरहेको छ। जति हेरे पनि हेरिरहूँ लाग्ने हरियालीबाट आँखालाई अथाह आराम र शीतलता मिलिरहेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्