७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चट्टाने पहाड छिचोल्ने पृथक् पुल

पर्यटन

बुढीगण्डकी नदीमाथि पहरा खोपेर बनाइएको क्यान्टिलिभर पुल। तस्बिर: अगनसिंह थापा

आकाशमा बादलका काला झुन्ड बेलुनझैं उडे।गड्याङगुडुङ मेघ गर्ज्याे, बिजुली चम्क्यो। सिमसिमे पानी थामिएला भनेको त झन् दह्रैसँग दर्किन पो थाल्छ। लाग्छ, यसपालिको बर्खा याम सकिएकै छैन। नत्र किन भदौ लागिसक्दा पनि बर्खे झरी अविरल परिरहन्छ?

बगरै बगर वेग हानेको बुढी गण्डकी किसानलाई मेलापात पुग्न आतुर भएजस्तै सागरमा समेटिन आतुर देखिन्छ। बुझेर बुझिनसक्नु छ-भेल मिसिएर धमिलो बनेको नदीको भूमरी, उत्तुङ्ग छाल, अथाह गुजुल्टा, सुर संगीत। तार सप्तकको एकनासे सुसाइ छ नदीको। सुसाइ यति बेसरी कि कानैमा आएर नकराएसम्म कसैको आवाज प्रस्टसँग सुन्नै सकिँदैन। माथि भने अजङको पहाड छाती फुकाएर उभिएको छ। मानौं फुर्तीफार्तीका साथ कुदेको नदीलाई ठाउँको ठाउँ छेकथुन गरेर अल्मल्याउन दाउ छोप्दै छ।

अजङको पहाड कठोर र डरलाग्दो पनि छ तर यसले जडीबुटीजन्य बोटबिरुवाको निक्खर मुलायम हरियो बर्को पो ओढिरहेको छ। जति हेरे पनि हेरिरहूँ लाग्ने हरियालीबाट आँखालाई अथाह आराम र शीतलता मिलिरहेछ। हेर्दै कहालीलाग्दो बाँदर लड्ने अक्करे पहाडको घाँचमा प्रविधि संरचनाको विशिष्ट संयोजन छ। त्यो हो-चट्टानी पहरा खोपेर साहस र कौशलले बनाइएको पृथक पुल। जसलाई अंग्रजीमा क्यान्टिलिभर फुटब्रिज भनिन्छ।

असम्भव जस्तो लाग्ने १ सय ९५ मिटर लामो यो पुलको निर्माण गर्दा भौगोलिक कठिनाइकै कारण हेलिकप्टरबाट आवश्यक सामग्री ओसारिएको थियो। लगभग ३ करोड ८० लाख रूपैयाँको लागतमा पुरापुर ३ महिनाको अथक मिहिनेतपछि २०७३ को बर्खे झरी सुरु हुनुअगाडि (सन् २०१६ जुनमा) सञ्चालनमा आएको हो। नदीले बाटो बदलिरहने यस्तो प्राकृतिक संरचनाको पहाडी भेगमा यो नै एक मात्र उपयुक्त पुल (साधारण पुल बनाएर साध्य नलाग्ने) हुन्छ।

आकाशमा बादलका काला झुन्ड बेलुनझैं उडे।गड्याङगुडुङ मेघ गर्ज्याे, बिजुली चम्क्यो। सिमसिमे पानी थामिएला भनेको त झन् दह्रैसँग दर्किन पो थाल्छ। लाग्छ, यसपालिको बर्खा याम सकिएकै छैन। नत्र किन भदौ लागिसक्दा पनि बर्खे झरी अविरल परिरहन्छ?

२०७२ सालको बिनासकारी भूकम्पको धक्काबाट उत्पन्न बाढीपहिरो र बुढीगण्डकीमा आएको भेलले पश्चिमी गोर्खास्थित यारु बगरको कच्ची काठे पुल बगाइदियो। जिल्लाको प्रमुख खरिद बजार केन्द्र आरुघाट जोड्ने एक मात्र आउजाउको पुल थियो यो। बाटो बन्द भएपछि गोर्खाको उत्तरी भेगमा बस्ने सम्पूर्ण गाउँबासी नुनतेल, दैनिक उपभोग्य खाद्य सामग्री र औषधीसमेतको अभाव बेहोर्न बाध्य भइरहे, वर्षदिनभन्दा बढी।

हो, यिनै टड्कारो आवश्यकता पूर्ति गर्न डिएफआइडी नामक युके एड एजेन्सीले यो क्यान्टिलिभर पुल निर्माण गरेको हो। जुन अत्याधुनिक पुल निर्माण गर्दा स्विट्जरल्यान्डको प्राविधिक कम्पनी एफ–इटेकोबाट इन्जिनियरहरू झिकाइएको थियो।

एनटिएनसी (नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन) तथा एमसिएपी (मनास्लु कन्जर्भेसन एरिया प्रोजेक्ट) का आयोजना प्रमुख नरेन्द्र लामा भन्छन्-ती इन्जिनियरहरूबाट ४ सय नेपाली कामदारलाई तालिम प्रदान गराइयो।

तिनीहरूले नै झोलुंगे पुलमा नटबोल्ट कसे। बलियोसँग पुललाई अड्याउन भिरको भित्तामा लामो किला गाडे। धन्य छन् ती अदम्य साहस जुटाएर पसिना बगाएका नेपाली कामदारहरू ! जसले चट्टाने पहाड काटेर यस्तो अत्याधुनिक पुलको आकार दिन अहम् भूमिका खेले।

अहिले स्थानीय बासिन्दाका लागि यो पुल वरदान साबित भएको छ। धार्चे गाउँपालिकालगायत गोर्खाका उत्तरी भेगमा पर्ने चुम-नुब्री गाउँपालिकामा पर्ने झन्डै १० हजार स्थानीय बासिन्दाको असहज अनि कष्टकर ग्रामीण जीवन सामान्य भएको छ। माथिल्लो र तल्लो भेगको जनजीवन अर्थात् पुल वारि र पारिका पहाडी समाजलाई जोडेर पुनः मानवीय सम्बन्ध स्थापित भएको छ। स्थानीय बासिन्दा मात्रै कहाँ हो र! बर्खाको बेला मनास्लु गन्तव्यका निम्ति निस्कने पर्यटकलाई समेत बिनाअवरोध पदयात्रामा संलग्न हुन सहज र सम्भव बनाएको छ।

सोतीखोलाको पुल पार गरेपछि बुढी गण्डकीको  उद्गम बिन्दु पछ्याउँदै उर्धगामी बन्दा नदीनाला भने ठिक उल्टो उँधो कहीं कलकलाउँदै त कहीं छङछङाउँदै बगेका भेटिन्छन्। सिरानदेखि साथ ल्याउँदा बनेका कालिगडका सुन्दर सिर्जनाजस्ता चिल्ला र आकर्षक ढुंगा नयनका लागि प्रिय बन्छन्।

एनटिएनसी (नेसनल ट्रस्ट फर नेचर कन्जर्भेसन) तथा एमसिएपी (मनास्लु कन्जर्भेसन एरिया प्रोजेक्ट) का आयोजना प्रमुख नरेन्द्र लामा भन्छन्-ती इन्जिनियरहरूबाट ४ सय नेपाली कामदारलाई तालिम प्रदान गराइयो।

भर्‍याङका खुड्किलाजस्ता सुर्के खेतमा आँखा अडिन्छन्। तिनै तरेली परेका धानखेतका छेउ कुनातिरका आकर्षक बुट्टाजस्ता लापुबेंसी लगायतका गुरुङ बस्ती परेलीमा बस्छन्। चिटिक्क परेका घरगोठमा घरपालुवा जनावर। करेसाबारीका बिनाविषादीका स्वादिला सागसब्जी, गाइभैंसीका गोरस, लोकल अन्डामासु, अर्गानिक अन्न र यामअनुसारका रसिला फलफूलजस्ता स्थानीय उत्पादनको स्वादमा रमाउन पाउनु अर्को फाइदाको पक्ष हो यो पदमार्गको।

जताततै हरियाली छाएको छ। खेतबारी, पाखापखेरा, रुखबिरुवा सबै हरियालीले सिँगारिएर मनमोहक बनेका छन्। कोलाहलबिनाको शान्त परिवेश छ। चलिरहेछ सिरसिरे बतास, तन र मनमा स्फूर्ति भर्दै। माछाखोला गाउँ काटेपछि उखडकाबडको ढुंगे बाटो भेटिन्छ।

साँघुरा बाटो भएर अगाडि बढ्दा भने कतै त थुम्को ओर्लेर उक्लनुपर्ने पनि हुन्छन्। यामको बेला बारम्बार बाटामा विदेशी पर्यटक, गाइड र भरियाहरू आपसी कुराकानीमा रमाइरहेका भेटिन्छन्। तर यिनीहरू त्यतिबेला बाटो प्रयोगका निम्ति पहिलो प्राथमिकतामा पर्दैनन्।

जतिबेला घाँटीमा लगाइएको घन्टी बजाउँदै प्रमुख खाद्यान्नबाहक खच्चडको लस्करसँग जम्काभेट हुन्छ। त्यतिबेला आउनेजाने जोकोही किनारा लगेर बाटो दिनुपर्छ। उचाइ नाँप्दै जाँदा बादलुको घुम्टो उघार्दै मुस्कुराउन सफल मनास्लु, गणेश, बुद्ध लगायतका हिमालहरू नजिकिँदै जान्छन्।

जताततै हरियाली छाएको छ। खेतबारी, पाखापखेरा, रुखबिरुवा सबै हरियालीले सिँगारिएर मनमोहक बनेका छन्। कोलाहलबिनाको शान्त परिवेश छ। चलिरहेछ सिरसिरे बतास, तन र मनमा स्फूर्ति भर्दै। माछाखोला गाउँ काटेपछि उखडकाबडको ढुंगे बाटो भेटिन्छ।

संसारभरका ८ हजार मिटरभन्दा माथिको उचाइका १४ हिमशिखरमध्ये एक विख्यात मनास्लु हिमाल (८,१६३ मिटर) त उत्साहित भएर तलै झरेको भान हुन्छ।

थारो खोला तर्नासाथ सानो गाउँ खोर्लाबेंसी आउँछ। यसैको पास पश्चिमी गोर्खाको यारुबगरमा रहेको नेपालकै पहिलो क्यान्टिलिभर पुल भेटिन्छ, करिब ६/७ घण्टाको पदयात्रापछि।  क्यान्टिलिभर पुलसहितको उपल्लो मनास्लु यात्रा शान्त, निर्जन, पर्यटकीय चाप कम मन पराउने जोकोहीका लागि उत्तम हुन सक्छ किनकि ढिलो (सन् १९९१ बाट) खुला गरिएको मनास्लु पदमार्ग तुलनात्मक रूपले अन्य पदमार्गभन्दा भौगोलिक हिसाबले विकट, नौलो साथै आधुनिकताबाट अछुत छ।  

प्रकाशित: १६ भाद्र २०८० ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App