२४ वैशाख २०८१ सोमबार
image/svg+xml

वित्तीय संस्थाको ज्यादतीविरुद्ध पोखरेली व्यवसायीको प्रदर्शन

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बैंक ब्याजदर बढाएको तथा ऋण र किस्ता तिर्नका लागि दवाब दिएको विरुद्धमा पोखरेली उद्योगी व्यवसायीहरुले पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेका हुन्।

गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्ः बैंक त गाउँको साहुको अर्काे रुप पो रहेछ

बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर बढाएर दोब्बर पु¥याएकोले बढेको ब्याज नतिर्ने चेतावनि व्यावसायीले दिएका छन्। ऋण लिँदा तोकिएको ब्याजको दर अहिले बढाएर दोब्बर पुगेको भन्दै बढेको ब्याजदर तिर्न नसक्ने व्यवसायीले बताएका हुन्।

बैंक ब्याजदर विरुद्ध पोखराका व्यवसायी आन्दोलित

बैंक तथा वित्तीय संस्थाले कर्जाको साँवा र ब्याजदर बढाएर धरपकड गरेको भन्दै पोखराका उद्योगी–व्यवसायीले आन्दोलन गर्ने भएका छन्। पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा भएको भेलाबाट उनीहरुले संघर्ष समिति समेत गठन गरेका छन्।

इन्फोडेभलपर्स र मर्कन्टाइलबीच एकीकरण

सफ्टवेयरको क्षेत्रमा काम गर्दै आएका इन्फोडेभलपर्स र मर्कन्टाइल अफिस सिस्टम्स प्रालिबीच एकीकरण गरी सहकार्य सुरु भएको छ।

३६ कम्पनीको १५ अर्ब बराबरको आइपिओ पाइपलाइनमा

मोदी इनर्जी, मेछ्याङ हाइड्रोपावर, अप्पर लोहारे हाइड्रोपावर, माईखोला हाइड्रोपावर, चिर्खुवा हाइड्रो, भूगोल इनर्जी, अप्पर स्याङ्गे, रेवा इनर्जी, सगरमाथा इनर्जीलगायतका जलविद्युत् कम्पनीले साधारण शेयर बिक्री गर्ने तयारी गरेका हुन्।

चर्काे व्याजदर विरुद्ध पोखराका व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाले अचाक्लि रुपमा ब्याजदर वृद्धि गर्दा व्यवसायिक क्षेत्र चर्काे मारमा परेको भन्दै पोखराका व्यवसायी पनि आन्दोलनमा उत्रेका छन्। वित्तीय संस्थाको दवावले लगानीकर्ता हच्किन पुगेको व्यवसायीको भनाई छ। नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आव्हानमा भएको आन्दोलनमा प्रदेशका सबैजसो क्षेत्रका व्यवसायी सहभागि थिए। व्यवसायीले बैंक तथा वित्तीय संस्थाको चर्काे सेवामा सुधार नआए थप आन्दोलनमा उत्रने पनि चेतावनि दिएका छन्।

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन्।

चितवनमा घरजग्गाका कारोबारमा गिरावट

'किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन्। अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन्।'

चर्काे ब्याजवृद्धिका विरुद्धमा भक्तपुरका व्यवसायीद्धारा ज्ञापनपत्र

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याजदर बढाएर पनि निक्षेप बढ्न नसकेको यथार्थ तर कर्जाको ब्याज बढेर यसबाट बजारमा नकारात्मक असर परिरहेको मौजूदा वास्तविकता र विगतको अनुभव समेतलाई मनन् गर्दै ब्याजदरलाई वाञ्छित सिमाभित्र राख्नुपर्ने नीति अवलम्बनका लागि व्यवसायीबाट माग गरिएको छ।

पोखराका व्यवसायीको अनुरोधः साँवा र ब्याज असुलीका लागि ताकेता नगरिदिनुस्

कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्र माथि उठ्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवा र ब्याज तिर्न सक्ने अवस्था नरहेको व्यवसायीले बताएका छन्।

'नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक छ'

‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो। नेपालमा सबै किसिमको क्रान्तिहरु गरिए। क्रान्ति गर्दै मुलुकमा गणतन्त्र समेत आयो तर आर्थिक क्रान्ति भएन। मुलुकका दुई तिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं। त्यसमा पनि राजनीतिक गर्छौं। नेताहरुले किसानको कुरा गरेर भोटको राजनीति गर्नुहुन्छ। सबैले त्यही गरिरहेका छाैँ। अब सबै जनतालाई मुलुक समृद्ध बनाउन आर्थिक क्रान्ति गर्नेतर्फ समेत गराउनुपर्छ।’

चर्को ब्याजदरविरुद्ध राष्ट्र बैंकमा व्यवसायीको धर्ना

‘हामीले जिन्दगीभरी सरकारलाई कर बुझाएका छौं, अब सरकारले हामीलाई यसमा सहयोग गर्नुपर्छ,’

बैंक तथा वित्तीय संस्था जोगाएर नीति ल्याउने कुरामा राष्ट्र बैंक चुक्योः पवन गोल्यान

‘बैंक तथा वित्तीय परिसंघले मौद्रिक नीतिलाई स्वागत गर्छ। तर केही नीतिहरु परिवर्तन योग्य छन्। अहिलेको अर्थतन्त्रको अवस्थालाई हेर्दा मौद्रिक नीति राम्रो छ। अहिलको मौद्रिक नीतिका राम्रा पक्ष उद्योग र उत्पादशील क्षेत्रमा लगानी गर्नुपर्छ भन्नेछ। त्यो राम्रो पक्ष हो। त्यस्तै रेमिट्यान्स बढाउने नीतिमा आएको छ त्यो पनि राम्रो हो। कर्जामा कसिलो आउने भन्दा विकल्प नै छैन। कर्जा १२ प्रतिशत भनेको छ।'

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्