११ मंसिर २०८१ मंगलबार
image/svg+xml

दुई मन्त्रीसहित ६१ अमेरिकी अधिकारीमाथि रूसी प्रतिबन्ध

रूसले ऊर्जा र अर्थमन्त्रीसहित ६१ जना अमेरिकी अधिकारीमाथि यात्रा प्रतिबन्ध लगाएको छ। ऊर्जामन्त्री जेनिफर ग्रानहोम र अर्थमन्त्री जेनेट येलेनसहित ६१अमेरिकी नागरिकलाई आफ्नो भूमिमा प्रतिबन्ध लगाइएको रूसी विदेश मन्त्रालयले जनाएको छ।

मलबिउ नपाउने किसानलाई पेन्सनको ‘ललिपप’

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो तामझामका साथ चार वर्षअघि ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अहिले अस्तित्व रक्षाका लागि संघर्षरत छ। ओलीले जस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि योगदानमा आधारित किसानलाई पेन्सन दिने अर्को ‘ललिपप’ कार्यक्रम ल्याएका छन्।

विकास जनताले प्रत्यक्ष देख्नुपर्छः अर्थमन्त्री

अर्थमन्त्री शर्माले विकास जनताले प्रत्यक्ष देख्नुपर्छ भन्दै बजेटमा किसान हित कोष खडा गर्ने कार्यक्रम समावेश गरिएको बताए। योगदानमा आधारित रकममा रिटायर्ट हुँदा पेन्सन पाउने प्रावधानले आन्तरिक उत्पादनमा वृद्धि गर्ने उनले बताए। औद्योगिक क्षेत्रको विकासबाट निर्यातका नयाँ क्षेत्रको खोजी गरिने उनको भनाइ छ।

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बजेट कार्यान्वयन गरेर आत्मनिर्भर र समाजवादोन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन्।

आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित भएन: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट अनुदानलक्षित नभएको बताएका छन्।

अब स्वदेशी वस्तु नै प्रयोग गर्नुपर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले स्वदेशी वस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताएका छन्।

हवाई पूर्वाधार निर्माणमा १२ अर्ब २४ करोड

सरकारले आगामी आवको बजेटमा हवाई तथा यात्रुको चापको विश्लेषणको आधारमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको छ।

जलाशययुक्त आयोजना प्राथमिकतामा

सरकारले आगामी आवको बजेटमा १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना, ४१० मेगावाटको नलगाड जलविद्युत् आयोजना निर्माणको लागि लगानीको मोडेल र स्रोत व्यवस्थापन गरी निर्माण कार्य अगाडि बढाइने बताइएको छ।

‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरिने

सचिवको ९ हजार ४०२, सहसचिवको ७ हजार ४०७, उपसचिवको ६ हजार ४४, शाखा अधिकृतको ५ हजार ६९९, नायब सुब्बाको ४ हजार ५३०, खरिदारको ४ हजार २९२ र मुखियाको तलब ३ हजार ६०२ रूपैयाँ बढ्ने भएको छ। यस्तै नेपाली सेनातर्फ सबैभन्दा माथिल्लो तह प्रधान सेनापतिको तलब १० हजार ७१ बढ्ने भएको छ भने सबैभन्दा तल्लो तह फलोअर्स (प्रथम स्तर)को तलब ३ हजार २२२ बढ्ने भएको छ।

मदिरादेखि विद्युतीय कारको मूल्य बढ्नेः चुनावलक्षित वितरणमुखी बजेट

अर्थमन्त्री शर्माले सबैलाई खुसी बनाउन खोज्दा अर्थतन्त्रको मूल समस्या समाधानमा बजेट बेखबर छ। आयात चुलिएर निम्तिएको समस्याले अर्थतन्त्रका विभिन्न पाटोमा चाप पारेको छ। आयात रोक्न उत्पादन बढाउने कार्यक्रम धेरै ल्याउनुपर्नेमा बजेटमा त्यसो हुन सकेको छैन। बजेटका अधिकांश हिस्सा वितरणमा गएकाले उत्पादनका कार्यक्रम ल्याउन र ल्याएका केही कार्यक्रममा पनि बजेट दिन सकिएको छैन।

कोही खुसी, कोही निराश

बजेट प्रस्तुत हुदै गर्दा पेप्सीकोलाकी निर्मला कोइराला भान्सामा तरकारी काट्दै थिइन्। अनियन्त्रित महँगीले उपभोक्ताको ढाड भाँचिसकेको भन्दै बजेटले खासै ठूलो राहत ल्याउन नसकेको प्रतिक्रिया दिइन्।

बजेटमा पर्यटन प्रवर्द्धन र हवाई पूर्वाधार विकास

सरकारले आगमी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा यो घोषणा गरेका हुन्।

कृषि उत्पादन बढाउन प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय संयन्त्र बनाइने

सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ।

तीन वर्षभित्र भूमिहिन दलितलाई आवास उपलब्ध गराइने

सरकारले तीन वर्ष भित्र सबै भूमिहिन दलितलाई आवास उपलब्ध गराउने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनमा प्रस्तुत गरेकोे सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो प्रतिवद्धता जनाइएको हो।

अर्थमन्त्री शर्माले बजेट वाचन गर्दै

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्