१० मंसिर २०८१ सोमबार
image/svg+xml

कोराना परीक्षण सुस्त, नमुना संकलन नै न्यून

सुदूरपश्चिममा कोरोना परीक्षण सुस्त भएको छ। नमुना संकलन गर्नमा सम्बन्धित निकायले बेवास्ता गर्दै गएकाले परीक्षण घट्दै गएको हो। १२ सय क्षमता रहेको सेती प्रादेशिक धनगढी अस्पतालको प्रयोगशालामा एक साता यता १ सय भन्दा कम नमुना मात्र परीक्षण भैरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कोरोना रहस्य पत्ता लगाउन डब्लुएचओ टोली चीनमा

कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको एक टोली बिहीबार चीनको वुहान आएको छ। तर अध्ययन नतिजा असहज आए सार्वजनिक गर्न चीन सरकारले आनाकानी गर्न सक्ने सम्भावना देखिएको छ। महिनौंसम्मको कूटनीतिक प्रयासपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसन्धान टोलीलाई चीन सरकारले यहाँ आउन अनुमति दिएको हो।

कोरोना खोप खरिदमा सघाउन आग्रह

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि कोरोना खोप कोषमा आर्थिक सहयोग गर्न दाताहरूलाई आह्वान गरेको छ।

कोरोना खोप कसले पाउनुपर्छ ?

खोप कसले पाउने भन्ने सवालले बाँच्न पाउने मानिस मात्रै होइन, उनीहरूले कस्तो विश्वलाई उत्तराधिकार दिन्छन् भन्ने कुरासमेत निर्देशित गर्नेछ । कोभिड–१९ खोपको अत्यावश्यकता दिनानुदिन बढ्दो छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको भाइरसको नयाँ रूप संसारभर फैलिन थालेको छ ।

कोरोनाको खोपलाई भारतमा २ सयदेखि २९५ रूपैयाँसम्म पर्ने

केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २ सयदेखि २ सय ९५ रूपैयाँसम्म पर्न सक्ने मङ्गलबार जानकारी दिएका हुन्।

कोरोना उपचारमा नयाँ औषधि

अस्पतालका कोभिड–१९ वार्डहरूबाट सुखद समाचार कमै आउँछन् । संक्रमण दर बढिरहेका विश्वका अस्पतालमा संक्रमितको अत्यधिक चाप छ । तर लगातारको क्लिनिकल परीक्षणका कारण सोमबार घोषणा गरिएका दुई नयाँ औषधिले बिरामी र अस्पताल दुवैको हित गर्ने देखिएको बेलायती पत्रिका इकोनोमिस्टले जनाएको छ ।

कोरोना खोप लगाएको १६ दिनपछि डाक्टरको मृत्यु, फाइजर कम्पनी फेरि विवादमा

अमेरिकाको फाइजर र जर्मनीको बायोटेकले बनाएको खोप लगाउन सुरु गरिएको छ। तर खोप लगाएपछि बिरामीहरूमा धेरै समस्याहरु देखिन थालेको छ। कोरोना खोप लगाएका एक डाक्टरको १६ दिनपछि मृत्यु भएको छ। जसले गर्दा यो खोप प्रयोगमा त्रास देखिन थालेको छ।

कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ। कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा ७० प्रतिशत संक्रामक हुन सक्ने र विश्वका धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव आइरहेपछि समितिले यस्तो निर्देशन दिएको हो।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री रावललाई कोरोना

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको पुष्टि भएको छ। उनको आइतबार पीसीआर परीक्षण गरिएको थियो। मन्त्री रावलको थप उपचारका लागि काठमाडौं पठाइएको प्रदेश अस्पताल सुर्खेतका अस्पताल निर्देशक डम्मर खड्काले जानकारी दिए।

कोरोनाविरूद्धको खोप लगाउन १६ हजार केन्द्रमा ५२ हजार स्वयंसेवक खटाइनेछ : स्वास्थ्य मन्त्री

सरकारले कोरोनाविरूद्धको खोप लगाउन १६ हजार खोप केन्द्र परिचालन गर्ने भएको छ।

भक्तपुर नगरपालिकाले भन्यो : माघ १ गतेदेखि स्कुल सञ्चालन अनिवार्य होइन

भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्रका स्कुलहरुलाई माघ १ गतेदेखि खोल्न भने पनि त्यो अनिवार्य नभएको स्पष्ट पारेको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले त्यो बाध्यकारी नभई विद्यार्थीको हितलाई ध्यानमा राखी सहज बनाइएको मात्रै बताए।

कोरोनाको नयाँ भाइरसले पर्यटन व्यवसायी त्रसित

नेपालले विदेशी पर्यटक भित्र्याउने मुख्य स्रोतमध्ये बेलायतले बलियो हिस्सा ओगट्छ। सन् २०१९ मा नेपालमा ६१ हजारभन्दा बढी बेलायती पाहुना भित्रिएका थिए। कोरोना कहरबीच पनि नेपालमा सन् २०२० मा भित्रिएका दुई लाख ३० हजार विदेशीमध्ये बेलायती पाहुनाको संख्यामात्र ११ हजार सात सय ६२ (५.१ प्रतिशत) थियो।

विकासदेखि विपद्का नाममा अनियमितता

सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार ! दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार ! सुन्दा अपत्यारिलो लाग्न सक्छ। तर सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा देखाएको खर्च विवरण हो यो। यस गाउँपालिकामा विकासको बजेटदेखि विपद्को बजेटमा व्यापक अनियमितता भएको पाइएको छ।

कोरोना प्रभावित व्यवसायीलाई ८२ अर्ब पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले पहिलो चरणमा कोरोना महामारीबाट समस्यामा परेका उद्योगी, व्यवसायीलाई ८२ अर्ब रूपैयाँ पुनर्कर्जा वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्