५ माघ २०८१ शनिबार
image/svg+xml

कालीगण्डकी कोरिडोरः १५ महिनापछि बेनी–मालढुङ्गाखण्ड निर्माणमा प्रगति

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक कालोपत्रका लागि सञ्चालित योजनाको कामले १५ महिनापछि गति लिएको छ।

मुस्ताङ पर्यटनमय, आठ महिनामा २ लाख ३० हजार पाहुना

हिमाली जिल्ला मुस्ताङमा आठ महिनाको अवधिमा मात्र झन्डै २ लाख ३० हजार पाहुना पुगेका छन। ती मध्ये १ लाख ८७ हजार १४ जना आन्तरिक, सार्क मूलूकका ३५ हजार ३ सय ५६ र तेश्रो मूलूकका ७ हजार २ सय ८४ जना पर्यटक मुस्ताङ पुगेको प्रहरीको तथ्यांक छ।

बेनी–मालढुंगा सडक फागुन २४ सम्म दैनिक चार घन्टा बन्द

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकखण्ड स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

सेकुङताल फन्को लगाउने पदमार्ग निर्माण

सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र थासाङ गाउँपालिकाको लागत साझेदारीमा मुस्ताङ भित्रने पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले सेकुङताल संरक्षण गर्नुका साथै पूर्वाधार निर्माण भएको हो।

निषेधित क्षेत्र प्रवेशका लागि परिचय लुकाउँछन भारतीय पर्यटक

उपल्लो र तल्लो मुस्ताङलाई छुट्याउने नाका हो–छुसाङ। छुसाङमा इलाका प्रहरी कार्यालय छ। छुसाङ प्रहरीले माथि उक्लिने सबै पर्यटकको व्यक्तिगत विवरण नाकामा राख्ने गर्छ। किनकी छुसाङ देखि माथिको ठाउँ विदेशी पर्यटकका लागि निषेधित क्षेत्र हो जहाँ प्रवेश गर्दा सबै विदेशी पर्यटकले अतिरिक्त शुल्क तिर्नुपर्छ। तर, स्वदेशी पाहुनाका लागि भने त्यो शुल्क पर्दैन। निषेधित क्षेत्रको शुल्क छल्नका लागि ती भारतीय पर्यटकले आफुलाई नेपाली नागरिक बताउने गरेका छन।

ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा

‘चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो’, उनले भने, ‘तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो।’

मुस्ताङको पुनर्परिभाषा

केही वर्षअगाडिसम्म मंसिर लाग्दै गर्दा मुस्ताङको सबैजसो भागमा हिउँ पर्ने हँुंदा जोमसोम तथा माथिल्लो मुस्ताङमा बसोबास गर्ने मानिस पुसपछिको जाडो छल्न तल पोखरा तथा काठमाडौंलगायतका सहर झर्थे।

मुस्ताङमा ६ महिनामा १ लाख ९० हजार पाहुना

पछिल्लो ६ महिना अवधिमा हिमाली जिल्ला मुस्ताङले मात्र एकलाख ९० हजार बढी पाहुना भित्र्याएको छ। आन्तरिक र बाह्य गरि एकलाख ९० हजार ७५ जना पाहुना हिमाली जिल्ला मुस्ताङ भित्रिएको प्रहरीको तथ्यांकले बताएको छ। ती मध्ये डेढलाख बढी पाहुना आन्तरिक रहेको प्रहरीले बताएको छ।

विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै ‘मुस्ताङ’

सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।

चिसोले रित्तिंदै हिमाली बस्ती

चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्।

बाक्लो हिमपातले मुस्ताङ र मनाङमा सकस

सिजनको पहिलो हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला मनाङ र मुस्ताङमा यो वर्षकै पहिलो पटक हिमपात भएको प्रहरीले बताएको छ। मुस्ताङको माथिल्लो भेगमा एकफिटसम्मको बाक्लो हिउँ परेको छ। हिमपातले ती जिल्लामा चिसो पनि बढेको छ।

पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ।

पर्यटकमय मुस्ताङ: कात्तिकमा मात्र ८० हजार आए, धेरैजसो भारतीय

विशेष गरी आन्तरिक पाहुना बढी आउँदा कात्तिकमा मुस्ताङ चलायमान बनेको छ। थोराङ्ला भञ्ज्याङ पार गरेर र तिलिचो घुमेर मुस्ताङ झर्ने तथा उपल्लो मुस्ताङ घुम्न आउने पाहुना अधिक रहेको पाइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्