२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

बेनी–मालढुंगा सडक फागुन २४ सम्म दैनिक चार घन्टा बन्द

फाइल तस्बिर

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडक खण्ड स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा शुक्रबार बसेको सरोकारवालाको बैठकले मालढुंगाको पहरा फोड्न फागुन १९ देखि फागुन २४ गतेसम्म सडक बन्द गर्ने निर्णय गरिएको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र आचार्यले बताए।

प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिएको हो। ठेकेदारको ढिलासुस्तीका कारण समयमै सडक सम्पन्न हुन नसकेको अवस्थामा अहिले चौतर्फी दबाबपछि ठेकेदारले कार्यतालिका बनाएर काम गर्ने प्रतिबद्धतासमेत जनाएको छ।

सवारी साधनको चापले पहरामा काम गर्दा दुर्घटनाको जोखिमलाई ध्यानमा राखी बेनी–जोमसोम–कोरला सडक आयोजना र निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले जिल्ला प्रशासन कार्यालयमा समय व्यवस्थापनको प्रस्ताव गरेर पत्राचार गरेको थियो।

सडक बन्दको समयमा एम्बुलेन्स र बिरामी बोकेका सवारीसाधन तथा विकास निर्माणका अत्यावश्यक सवारीसाधन सञ्चालनमा भने ठेकेदारले काम रोकेर भए पनि सहज बनाउने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८० ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App