७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘डेंगी संक्रमणबाट यमनमा ७८ बालबालिकाको मृत्यु’

द्वन्द्वग्रस्त अरब राष्ट्र यमनमा डेंगी संक्रमणबाट कम्तीमा ७८ बालबालिकाको मृत्यु भएको बालबालिकाको अधिकारका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ले मंगलबार बताएको छ।

अझै डेंगीको डर

दसैंं, तिहार, छठजस्ता प्रमुख चाडपर्व सकिएसँगै मुलुकमा चिसो मौसम सुरु हुन्छ। यो मौसममा प्रदूषण र अन्य संक्रमणबाहेक लामखुट्टेको टोकाइ आदिबाट भने मुक्ति मिल्छ।

काठमाडौंमा रोकिएन डेंंगीको संक्रमण

काठमाडौं उपत्यकामा अझै डेंगी संक्रमण रोकिएको छैन। जाडोयाम सुरु भएपछि पनि डेंगी संक्रमण नरोकिएपछि चिकित्सक नै आश्चर्यमा परेका छन्। राजधानी काठमाडौंको कलंकी, कुलेश्वर, कालिमाटी, टेकु, बालाजु क्षेत्रमा डेगीं संक्रमित बिरामी भेटिएका छन्।

डेंगी रोगबारे विद्यार्थीलाई सचेत गराइँदै

अमरगढीका विद्यालयहरुमा डेंगी रोग सम्बन्धी सचेतनाका कार्यक्रमहरु गरिदै छन्। विद्यार्थीहरुलाई डेंगी रोगबारे जानकारी गराउनुका साथै सक्रमण फैलनबाट जोगिने उपाय सिकाईदै छ। अमरगढी नगरपालिका स्वास्थ्य शाखाले विद्यार्थीहरुलाई डेंगुको संक्रमणबाट बच्ने उपाय सिकाउन लागेको हो।

ओखलढुंगामा १० जना डेंगी संक्रमित

ओखलढुंगामा पनि डेंगी संक्रमित फेला परेका छन्। मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका १० जनामा एकैपटक डेंगी संक्रमित देखिएका हुन्। निरन्तर उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खानामा अरुचि र पेट गडबड हुन थालेपछि नजिकैको उदयपुर घुर्मिको एक पोलिक्लिनकमा जचाउँदा उनीहरुमा डेंगी संक्रमण देखिएको क्लिनिकका चिकित्सक नैनबहादुर गौतमले बताए।

कपिलवस्तुमा फैलिँदैं डेंगी, ३७ जना संक्रमित

कपिलवस्तुमा डेङ्गीको संक्रमण फैलिदै गएको छ। डेङ्गी नियन्त्रणकालागि प्रभावकारी कदम नचाल्दा यसको संक्रमण बढदै गएको हो।

बंगलादेशमा डेंगीका कारण मृत्यु हुनेको संख्या ७५ पुग्यो

लामखुट्टेको टोकाइका कारण लाग्ने डेंगीका कारण यस बर्ष बंगलादेशमा मृत्यु हुनेको संख्या ७५ पुगेको बंगलादेशी स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

डेंगीका कारण पर्यटक आएनन्

साउन महीनादेखि क्रमशः बढेको डेंगीको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ। सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ।

डेंगी : भ्रम र यथार्थ

हुन त डेंगीको महामारी भइरहँदा एकहोरो उपचारमा मात्र ध्यान दिए पनि हुने हो, तर म चिकित्सकका साथसाथै एक अनुसन्धानकर्ता पनि भएका नाताले राजधानीवासीमा डेंगी भाइरसबारे ज्ञान कस्तो रहेछ भन्ने जिज्ञासासाथ बिरामीहरूको उपचारमा संलग्न भएँ। नतिजा आश्चर्यजनक पाएँ। काठमाडौंका धेरै कम मानिसलाई मात्र डेंगीबारे जानकारी रहेछ। डेंगी संक्रमण भएको थाहा हुनेबित्तिकै कतिपयको पहिलो प्रश्न हुन्थ्यो– अब यो रोग सँगै उठ्दा, बस्दा, खाँदा वा सुत्दा मेरो परिवारलाई सर्छ कि सर्दैन ?

ओखलढुंगामा १० जना डेंगी संक्रमित

ओखलढुंगामा पनि डेंगी संक्रमित फेला परेका छन्। मानेभन्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका १० जनामा एकैपटक डेंगीको लक्षण देखिएको हो।निरन्तर उच्च ज्वरो, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, खानामा अरुचि र पेट गडबड हुन थालेपछि नजिकैको उदयपुर घुर्मिको एक पोलिक्लिनकमा जचाउँदा उनीहरुमा डेंगी संक्रमण देखिएको क्लिनिकका चिकित्सक नैनबहादुर गौतमले बताए।

सबै प्रदेशमा स्क्रव टाइफसको संक्रमण

डेंगी संक्रमणसँगै फैलिरहेको स्क्रव टाइफस सात वटै प्रदेशमा फैलिएको पाइएको छ। राष्ट्रिय इपिडिमियोमोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्राप्त तथ्यांक अनुसार यो रोगको संक्रमण प्रदेश तीनमा सबैभन्दा बढी देखापरेको छ। सोमबारसम्म महाशाखामा प्राप्त तथ्यांक अनुसार प्रदेश ५ मा २ सय ३७, प्रदेश तीनमा २ सय ४ र सुदूरपश्चिममा १ सय ५५ जना यो रोगबाट संक्रमित भइसकेका छन्। प्रदेश ५ मा सबैभन्दा बढी संक्रमित पाल्पा, रुपन्देही र गुल्मीमा देखिएका छन्। देशभरमा गरी हालसम्म ६ सय ९५ जनामा संक्रमण भइसकेको छ।

ओखलढुंगामा १० जना डेंगीका संक्रमित फेला

ओखलढुंगामा पनि डेंगी रोगका संक्रमित फेला परेका छन्। जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेल हर्कपुरका दश जनामा एकै पटक डेंगीको लक्षण देखिएको हो।

डेंगी नियन्त्रणमा उदासिन स्थानीय सरकार

सिरहाको गोलबजार नगरपालिकामा करिब १० जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य शाखा प्रमुख पवन कुमार पञ्जीयारले बताएका छन्। तर, यस नगरपालिकाले फगिङ मेसिन प्रयोग गरेर लामखुट्टे धपाउँदैछ।

अठार जिल्लाका डेंगी सङ्क्रमितको चितवनमा उपचार

जिल्लाका अस्पतालमा चितवनसहित देशका कम्तीमा १८ जिल्लाका डेंगी सङ्क्रमितको उपचार भइरहेको छ। स्वास्थ्य कार्यालय चितवनले सङ्कलन गरेको तथ्याङ्कमा केही बिरामीको जिल्ला स्पष्ट नभएको पाइएको छ।

अस्पतालमा डेंगी फोवियाका बिरामी

आइतबार काठमाडौंकी ४० वर्षीया महिला हनहनी ज्वरो आएपछि टेकु अस्पताल पुगिन् । उनको ज्वरो न डेंगीको थियो न अन्य कुनै रोगको । उनी डेंगी लाग्यो कि भन्ने त्रासले अस्पताल पुगेकी थिइन् । ती महिलाले शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनलाई दिएको विवरणअनुसार उनलाई शनिबार लामखुट्टेले हातमा टोकेको थियो । लामखुट्टेले टोक्नेबित्तिकै उनमा डेंगी भयो भन्ने विचार आयो । त्यही सोच बढ्दै गएपछि उनमा ज्वरो आएको डा. पुन बताउँछन् । लामखुट्टेले टोकिहाले पनि संक्रमण हुन चारदेखि आठ दिन लाग्छ । यो अवधिलाई संक्रमणको इन्कुभेसन अवधि भनिन्छ । यस कारण उनमा डेंगी भइसकेको छैन र भए पनि लक्षण देखिने समय भएको थिएन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्