२४ वैशाख २०८१ सोमबार
image/svg+xml

पासोमा फसेको चितुवाको उद्धार

स्थानीयले बदेलका लागि राखेको पासोमा तिलौरी गाउँको बाणगंगा नदी छेउमा चितुवा फसेको थियो। पासोमा चितुवा परेको बारे स्थानीयले डिभिजन वन कार्यालय कपिलवस्तुलाई जानकारी गराएका थिए।

माटोको मूर्ति बनाएरै साढे ३ लाख बढी आम्दानी

‘एक दर्जन सेट मूर्तिको अर्डर आएको छ, सयममा डेलिभरी दिन परेकोले अहिले एक छिन फुर्सद छैन’ उनले भने।

कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुपः एक वर्षमा १ सय ६९ जनाद्वारा देहत्याग

‘विदेशबाट फर्केर आएका श्रीमानले त्यो कुरा थाहा पाए पछि गाह्रो परेर कैयौँ महिलाले आत्महत्या गरेको भेटिएको छ,’ उनले भने ‘पहिला यस्तो कारणले आत्महत्या गरेको नभेटिए पनि अहिले यस्तो देखिनु चिन्ताको विषय छ।’

रकम अपचलका कारण बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी पुनः सञ्चालन

दुई वर्ष ७ महिनादेखि अदालतमा चलेको मुद्दाका कारण बन्द भएर अन्योलमा रहेको सहकारीको सेवा पुनः सुरु भएको सहकारीका अध्यक्ष राजुप्रसाद अर्यालले बताए। उनले पहिला चरणमा ऋणीहरुसँग सावा र ब्याज असल्ने प्रकृया थालिने बताए। बचतकर्ताहरुको पैसा दशै वा तिहारपछि किस्ताबन्दीमा फिर्ता गरिने उनले बताए।

व्यावसायिक धान खेती प्रवर्द्धनका लागि २५ कृषकलाई पम्पसेट

सिंचाइको अभाव भएको बेला धान खेतीलाई प्रवर्द्धन गर्न भन्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका २५ कृषकलाई ५ हर्स पावरको पम्पसेट उपलब्ध गराइएको छ।

ध्वस्त बन्दै तौलिहवाको कृषि बैंकदेखि महिता जाने बाटो

कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो ध्वस्त बनेको छ। निर्माण कार्य बिचमै रोकिए पछि एक वर्ष बढीदेखि अलपत्र अवस्थामा रहेको सो बाटो ध्वस्त बनेको हो।

पोखरीमा डुबेर ४७ वर्षीय पुरूषको मृत्यु

कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित पोखरीमा डुबेर एक पुरूषको मृत्यु भएको छ। छारे रोगबाट ग्रसित स्थानीय ४७ वर्षीय सत्य नारायण पासी ( भुलुवा ) आइतबार राति गाउ नजिकै रहेको पोखरीमा डुबेर मृत्यु भएको हो।

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन्। गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो।

कृषकलाई स्प्रेयर मेशीन प्रदान

कृषकहरुलाई प्रोत्साहित गरी व्यवसायिक धान खेतीलाई बढावा दिन कपिलवस्तु नगरपालिका वडा नम्बर ३ सुखरामपुरका ५० कृषकहरुलाई इलेक्ट्रिक स्प्रेयर ट्यांकीसहितका सामग्री उपलब्ध गराइएको छ।

नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो।

कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्व

स्थानीय तहको निर्वाचनतका लागि कपिलवस्तुमा ५३ वटा मतदान केन्द्र महिलाको नेतृत्वमा खडा गरिएको छ।

कपिलवस्तु नगरपालिकामा त्रिपक्षीय भिडन्त

आसन्न स्थानीय तहको निर्वाचन नजिकएसंगै राजनीतिक दल र उम्मेदवारहरुले मतदातालाई रिझाउन अनेक हतकन्डा प्रयोग गर्ने गरेका छन्। उनीहरुले घरदैलोलाई तीव्रता दिएका छन्। उनीहरु मत तान्नका लागि अन्तिम तयारीमा जुटेका छन्।

चालिस लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण

कपिलवस्तु नगरपालिका वडा नम्बर २ रामघाट धाममा ४० लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण गरिएको छ।

सर्जिकल सेन्टरको सेवा विस्तार गरी तौलिहवा आँखा अस्पताल बनाइयो

लामो प्रयास पछि कपिलवस्तु नगरपालिका वडा नम्बर–३ सिद्धार्थ टोल स्थित सर्जकल सेन्टरलाई आँखा अस्पतालको रुपमा सेवा विस्तार गरिएको हो।

कपिलवस्तु नगरपालिकालाई १० लाख बढी मूल्यका स्वास्थ्य सामग्री

कोरोनाको दोश्रो लहरलाई परास्त गरी तेश्रो लहरसँग सामना गर्र्न ताईवानको तुजी राहत फाउन्डेशनले कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखालाई बिभिन्न १४ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्