coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न

कपिलवस्तुको ६ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएका छन्। गत वैशाख ३० को निर्वाचन पछि कार्यपालिकालाई पूर्णता दिन निर्वाचन सम्पन्न गरिएको हो। कपिलवस्तु, बाणगंगा, शिवराज र कृष्णनगर नगरपालिका तथा यशोधरा, विजयनगर गाउँपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न भएको हो।

कपिलवस्तु नगरपालिकामा कांग्रेस र जसपा गठबन्दन विजयी भएका छन्। कपिलवस्तु नगपालिका नगर कार्यपालिका निर्वाचन मा कांग्रेसबाट राम दास चमार प्रेमा कोरि चन्दा कुर्मी प्रभावती यादव तथा जसपा गंगेश बर्मा गोविन्द कहार मान्ति कहाइन र  बिन्दु थारु निर्वाचित भएका हुन्।

कपिलवस्तुको बाणगंगा नगर कार्यपालिका सदस्यको निर्वाचनमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमाले उम्मेदवार बनाएका ५ जना महिला र ३ जना दलित सदस्य गरी ८ जनाको प्यानलै विजयी भएको हो।

महिला तर्फ केशरा गुरुङ, चन्द्रावती थारु, दानु घर्ती, शान्ता पाण्डे, शारदा परियार तथा दलिततर्फबाट कृष्णकुमार सुनार, दिल बहादुर सुनार, पिताम्बर बिक निर्वाचित भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका नगर कार्यपालिकाको निर्वाचनमा एमाले र कांग्रेस गठबन्धन विजयी भएको छ।

कार्यपालिकाको निर्वाचनमा एमाले, कांग्रेसको गठबन्धनले ३८ मत प्राप्त गरी विजयी भएको छ भने लोकतान्त्रिक समाजवादी, माओवादि केन्द्र, जनता समाजवादी पार्टी नेपालको गठबन्धनले १९ मत प्राप्त गरेको छ।

नेकपा एमालेको तर्फबाट खगी सुनार, गंगा घर्ति मगर, बुद्धिकला भण्डारी र प्रेम सुनार त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका सन्तबहादुर धोबी, सिमरन बिक, बिष्णु कुँवर पाण्डे र हेवन्चली चमार विजयी भएका छन्।

उता कृष्णनगरमा महिला सदस्यमा एमालेकी ज्योति कोरी, कांग्रेसकी विद्यावति कोहार, कांग्रेसकी सोमना पासी, जसपाकी ईन्द्रावती भर तथा पुरुष तर्फ कांग्रेसका रामलाल बढई, जसपाका रामकिशोर बढई र बहुजन शक्ति पार्टीका गौरी शंकर हरिजन निर्वाचित भएका छन्।

यशोधरा गाउँकार्यपालिकामा एमालेका प्यानल विजयी भएका छन्। खुल्ला तर्फ बिजयी  भएका छन्। विजयी हुनेहरुमा राम अचल कोरी राम किशोर बरई महिला सदस्य तर्फ अनरावती लोध केवलपाती पासीन, गुजराती कलवारीन, लक्ष्मी देबी चमार विजयी भएका छन्।

विजय नगर गाउँपालिकामा एमाले प्यानल विजयी भएका छन्। खुला तर्फ टंकबहादर सुनार र मुजीबुर रहमान तथा महिलातर्फ दमन्ती सरा राना, रुन्नती देबी पाण्डेय, बलीमाया बिक र मीना बिक निर्वाचित भएका छन्। बाँकी रहेको बुद्धभूमि र महाराजगंज नगरपालिका तथा मायोदेबी र सुद्धोदन गाउँपालिको निर्वाचन पनि एक हप्ता भित्रै सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९ १३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App