७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कपिलवस्तु नगरपालिकालाई १० लाख बढी मूल्यका स्वास्थ्य सामग्री

कारोनाको तेस्रो लहर डेल्टा भाइरसलाई लक्षित गरी कपिलवस्तु नगरपालिकालाई १० लाख बढी मूल्यका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

कोरोनाको दोश्रो लहरलाई परास्त गरी तेश्रो लहरसँग सामना गर्र्न ताईवानको तुजी राहत फाउन्डेशनले कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखालाई बिभिन्न १४ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको हो। कपिलवस्तुमा संचालित साझा प्रयास अभियानको समन्वयमा सो संस्थाले सो सामग्री प्रदान गरेको हो।

भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले सो सामाग्री नगरपालिकाका मेयर किरण सिंहलाई हस्तान्तरण गरेका थिए। आकस्मिक स्वास्थ्य सामाग्रीहरु अक्सिजन कन्र्सन टे«टर ५ लिटरको ५ थान, अक्सिजन कनर्सन ट्रेटरको नसल टियुव एक सय पिस, पल्स अक्सिमिटर २० वटा, थर्मल गन २० वटा, डिजिटल थर्मामिटर ५० वटा, फेस सिल्ड २ सय वटा, पिपिई सेट २ सय वटा प्रदान गरिएका छन्।

यस्तै आइसोलेशन गाउन ३० पिस, डिस्पोजेबल केप २ सय पिस, सु कभर २ सय पिस, एन्टीजेन किट एक हजार पिस, सर्जिकल गलोब्स एक हजार पिस, केएन ९५ मास्क ५ सय पिस र सर्जिकल मास्क ५  हजार पिस हस्तान्तरण गरिएको हो। सो अवसरमा मेयर किरण सिंहले नगरपालिकाले सरुवा रोग अस्पताल निर्माण गर्न नगरपालिकाले ३० लाख बजेट छुट्टाएको बताए।

भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्रीले तेश्रो लहरका बिषयमा अहिलेदेखि नै सचेत बनेर योजना बनाई काम अघि बढाउनु पर्ने बताए।

प्रकाशित: १९ असार २०७८ १४:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App