५ माघ २०७८ बुधबार

कतारद्वारा ५० वटा भेन्टिलेटर हस्तान्तरण

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसंग जुध्न नेपाललाईआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

एक करोड बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

कर्णाली प्रदेश अस्पताललाई ब्याक टु लाइफले एक करोड बराबरका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ।

पाकिस्तानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाकिस्तानले झन्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो। उक्त सहयोग सार्क सदस्य मुलुकका तर्फबाट कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत रहेको पाकिस्तानले जनाएको छ।

रश्मोरबरो काउन्सिलद्वारा गोरखा नगरपालिकामा ६५ लाखको स्वास्थ्य सामग्री सहयोग

बढ्दो कोरोना संक्रमणलाई रोक्न र नगरबासीलाई सुरक्षित राख्न भगिनी संम्बन्धमा जोडिएको रश्मोरबरोले बिहिवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए।

बालबालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

कोरोनाको जोखिममा बालबालिका रहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारलाई बालबालिकाका लागि चाहिने स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।

पाँच स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउन वडा कार्यालय बाम्राङमार्फत स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि एवं पूर्वकेन्द्रीय विभाग सदस्य राईले बताए।

उदयपुरका अस्पताललाई कोभिडविरुद्ध लड्न स्वास्थ्य सामग्री

जिल्लाको चौदण्डीगढी नगपालिका -६ सातधारेस्थित बेलटारमा सञ्चालित ‘उदयपुर कोभिड अस्पताल’लाई १८ लाख ६४ हजारको सामग्री उनीहरुले चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राईलाई हस्तान्तरण गरे।

कपिलवस्तु नगरपालिकालाई १० लाख बढी मूल्यका स्वास्थ्य सामग्री

कोरोनाको दोश्रो लहरलाई परास्त गरी तेश्रो लहरसँग सामना गर्र्न ताईवानको तुजी राहत फाउन्डेशनले कपिलवस्तु नगरपालिका स्वास्थ्य शाखालाई बिभिन्न १४ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको हो।

धादिङका स्थानीय सरकारलाई २१ लाखको स्वास्थ्य सामग्री सहयोग

धादिङका स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । वान हार्ट वल्डवाइडले मास्क, ग्लोब्स, प्लास्टिक व्याग, अक्सिमिटर लगायत १२ किसिमका स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको हो ।

स्वास्थ्य सामग्री: भएको के, गर्ने के ?

यहाँका गुणस्तर कायम राख्न लगाउने संस्थाहरू कमजोर छन्। यस्तो अवस्थामा खरिद गर्ने संस्था आफैँ गुणस्तरीय सामान खरिद गर्न सक्षम हुनुपर्छ। यो सक्षमता चुट्की बजाएर र किन सकिन्न भनी ठूलो डाँको गर्दैमा आउने होइन, अध्ययन र अनुभवबाट आउने हो।

कांग्रेस महामन्त्री खड्काद्वारा ५० लाख बढीको स्वास्थ्य सामग्री सहयोग

महामन्त्री खड्काकै पहलमा प्रदेश अस्पताललाई नेपाल चिकित्सक संघमार्फत् प्राप्त १० लिटर क्षमताको दुई थान अक्सिजन कन्सन्ट्रेटर र चौधरी फाउण्डेशनद्वारा प्रदान गरिएको दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो

नेपाललाई इटालीले दियो स्वास्थ्य सामग्री

शुक्रबार विहान नेपाल आइपुगेका स्वास्थ्य सामग्रीहरुमा २० भेन्टिलेटर, ६,००० आइसोलेशन गाउन र १०,००० प्रोटेक्टिभ कवरल्स् रहेका छन्।

आयरल्याण्ड र डेनमार्कद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

सहयोग गरेको उपकरणहरुमा अक्सिजन कन्सन्ट्रेटर, बिपाप् एयरफ्लो मेशिन, भेन्टिलेटर, पल्स् अक्सीमीटर, श्वासप्रणाली मोनिटर, डिफिब्रिलेटर, थर्माेमीटर, अक्सिजन रेगुलेटर, एयर रेगुलेटर, प्रोटेक्टिभ कवरल्स्, फेस शील्ड र सर्जिकल मास्क रहेका छन्।

हौंचुरका युवाले पठाए गाउँमा स्वास्थ्य सामग्री

स्वदेश तथा विदेशमा रहेका खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवाले कोभिड–१९ को महामारीमा आफ्नो गाउँका लागि स्वास्थ्य सामग्री पठाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्