coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चालिस लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण

कपिलवस्तु नगरपालिका वडा नम्बर २ रामघाट धाममा ४० लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण गरिएको छ।

नगरपालिकाको आर्थिक सहयोगमा धार्मिक स्थल रामघाटको मेला लाग्ने बगैँचा क्षेत्रमा मन्दिर निर्माणसहित राम, लक्ष्मण, सिता, गणेश र हनुमानको मूर्ति स्थापना गरी प्राण प्रतिष्ठान समेत गरिएको हो।

मन्दिर ३ चरणमा निर्माण गरिएको हो। मेयर किरण सिंहले मन्दिर परिसरमा पूजापाठ गरी मन्दिरको उद्घाटन पछि मूर्तिको अनावरण गरेका थिए। सो अवसरमा उनले आफ्नो कार्यकालमा प्राचीन रामघाटमा रामजाकी मन्दिर निर्माण गर्न पाएकोमा आफूलाई निकै खुशी लागेको बताए।

‘साधु सन्तको माग अनुसार नै रामघाटमा सुन्दर मन्दिर बनाएका हौँ’ उनले भने। पुरानो रामजानकी मन्दिरको दक्षिण पट्टी किनार मै नया रामजानकी मन्दिर निर्माण गरिएको हो। पुराना रामजानकी मन्दिरमा रहेको अस्ट धातु, रामजनकीको मूर्तिसहित विभिन्न मूर्तिहरु समेत नयाँ मन्दिरमा सारिएका छन्।

रामजानकी मन्दिर व्यवस्थापन समितिका सदस्य कमलेश शुक्लाले नयाँ रामजानकी मन्दिर निर्माणले यो धार्मिक स्थलको महत्व अझ बढने बताए। उनले रामघाटको रामजनकी मन्दिरको सुन्दरीकरण र विकासमा नगरपालिकाले अझै लगानी गर्नु पर्ने बताए। रामघाटमा कार्तिक शुक्ल पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्दछ।

नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले रामजानकी मन्दिरको निर्मणमाले प्राचीन रामघाटको महिमा अझै बढने बताए। उनले रामघाटको विकासका लागि आफूले सक्दो कोशिश गर्ने बताए।

यसअघि नगरपालिकाले नै रामघाट पुल छेउ दतिवनिया बावाका कुटी निर १७ लाख बढी लातको हनुमानको मूर्ति र होम गर्ने स्थानको निर्माण गरी सकेको छ। कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष दिरेप चौधरी, वडा नम्बर १० का अध्यक्ष मोहनलाल शर्मा, १२ का अध्यक्ष रामगोपाल यादव लगायतको सहभागीता थियो।

प्रकाशित: ३ वैशाख २०७९ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App