२४ वैशाख २०८१ सोमबार
image/svg+xml

छानविन समितिले तत्कालीन अर्थमन्त्री शर्मासँग बयान लिने

अनाधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्सीय संसदीय छानविन समिति गठन गरिएको थियो।

संसदीय छानबिन समिति: शर्मालाई बोलाएर सोधपुछ गरिने

संसदीय छानबिन समितिको बैठक आज बस्दै छ। बैठकमा पूर्वअर्थमन्त्री शर्मालाई बोलाएर सोधपुछ गर्ने कार्यक्रम छ।

अर्थमन्त्रालयको मुल गेटदेखिका सीसीटीभी फुटेजमाथि अध्ययन सुरु

‘सीसीटीभीको बारेमा हेर्ने काम पनि भयो। आज आन्तरिक राजश्व विभाग र भन्सार विभागका महानिर्देशकसँग छलफल गर्ने, त्यसपछि अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरुसँग छलफल गर्ने। साथै अर्थ मन्त्रालयका राजश्व सचिव र अर्थ सचिवसँग छलफल गर्ने आज प्राविधिक विषय सीसीटीभीको विषयमा केन्द्रित भएर हामी छलफल गर्ने कार्यक्रम छ। बजेट निर्माण प्रक्रियासँग सम्बन्धित रहेर हामीले अनुसन्धान गरिरहेका छौँ। हामी अहिले अर्थ मन्त्रालयदेखिको मुल ढोकादेखि त्यहाँ जडान गरिएका सीसीटीभीका फुटेजमा नै केन्द्रित छौँ।’

अर्थ र राजस्व सचिवलाई हटाउन माग

सिसिटिभी फुटेज व्यापारिक केन्द्रमा एक महिना, संवेदनशील पूर्वाधारमा तीन महिना सञ्चय गरी राख्ने प्रचलन भएको उल्लेख छ। ‘रिटको अन्तिम टुंगो नलागेसम्म प्रश्न उठेको अर्थ मन्त्रालय, अन्य मन्त्रालयसमेत रहेको सिंहदरबार परिसरभित्रको सुरक्षा संवेदनशील सिसिटिभी क्यामेरमा कैद भएका सम्बन्धित मुद्दाको अन्तिम किनारा नलागेसम्म नमेटिनेगरी सञ्चय गरी राख्न अन्तरिम आदेश’ माग गरिएको छ।

असार अन्तिममा सचिवको विदेश सयर

आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन्।

चर्को दबाबपछि विवादित अर्थमन्त्रीको बहिर्गमन

अर्थमन्त्री शर्माले जेठ १५ गते संसद्मा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गरेका थिए। १४ गते राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर बजेट चुहाएको, करका दर हेरफेर गरेको, बजेटको गोपनीयता भंग गरेकोजस्ता आरोप उनीमाथि लागेका छन्।

प्रतिनिधीसभा बैठक २ बजेसम्मका लागि स्थगित

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको बजेट निर्माणमा उठेका प्रश्नहरुको जवाफ दिन नदिने रणनीति अंगिकार गरेपछि प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।

संसदीय छानविन समिती बनाउन माओवादी केन्द्र तयार, शर्मालाई संसदमा बोल्न नदिने एमाले रणनीति

बजेट बनाउँदा बाहिरिया व्यक्तिलाई संलग्नता गराएको आरोप खेपिरहेका अर्थमन्त्री जनार्दन शर्माको प्रकरण छानविन गर्न माओवादी केन्द्र तयार भएको छ।

सीसीटीभी फुटेजमा फसे अर्थमन्त्री

संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो छलफलपछि सोमबार बजेट र यसमा आश्रित सबै विधेयक बहुमतले पारित भएका छन्। तर बजेट प्रस्तुत गर्नु अघिल्लो रात जेठ १४ अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्माको निरन्तर आलोचना भइरहेको छ।

अर्थको सिसिटिभी र मकै पर्व

अहिलेसम्म जानकारीमा आएका तथ्य प्रमाणले हाम्रा अर्थमन्त्री व्यापारिक घरानाहरूको दलाल रहेको नग्न रूपमै देखियो।

बजेट निर्माणमा विवादित अर्थमन्त्री कार्यान्वयनमा पनि असफल

बजेट निर्माणमा सर्वाधिक विवादमा आएका अर्थमन्त्री जनार्दन शर्माको पुँजीगत (विकास) बजेट खर्चको उपलब्धि पनि कमजोर देखिएको छ।

सीसीटीभीको फुटेज डिलिट गरेर अर्थमन्त्रीले ठूलै आर्थिक चलखेल गरेः प्रदिप ज्ञवाली

बजेट निर्माण बेलाको सीसीटीभी फुटेज ‘डिलिट’ गरेर अर्थमन्त्री जनार्दन शर्माले ठूलै आर्थिक चलखेल गरेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदिप ज्ञवालीले आरोप लगाएका छन्।

अर्थमन्त्रीले राजीनामा नदिए प्रधानमन्त्रीले तत्काल हटाएर छानविन गर्नुपर्छः गगन थापा

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

बजेट निर्माण बेलाका फुटेज डिलेट गरेर सरकारले प्रमाण नष्ट गर्‍योः सांसद कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा तत्काल संसदीय छानवीन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्।

बजेट निर्माण प्रकरणमा सरकारलाई ओलीको प्रश्नः यसरी फुटेज डिलिट गर्न पाइन्छ?

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माण गर्दा समयका सीसीटीभी फुटेजहरु किन मेटाएको भन्दै सकारलाई प्रश्न गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्