६ आश्विन २०८१ आइतबार
image/svg+xml

आगलागीबाट छ लाखको क्षति

सप्तरीको तिलाठी कोइलारी गाउँपालिकामा गए राति आगलागी हुँदा करिब छ लाख मूल्य बराबरको क्षति भएको छ। वडा नं ६ निवासी सुधांशुप्रसाद सिंहको गोठ र स्टोर कोठामा आगलागी भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए।

आगलागीबाट महिलाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

धनकुटाको चुलिबन सामुदायिक वनमा भीषण आगलागी, एक घर जलेर नष्ट

धनकुटा नगरपालिका वडा नं.७ चुलिबन सामुदायिक वनमा भीषण आगलागी भइरहेको छ। चुलिबन सामुदायिक वनमा लागेको डढेलो वन छेवैमा रहेको धनबहादुर पौडेलको घर जलेर नष्ट भएको वडा नं.७ का वडा अध्यक्ष जंगबहादुर राईले बताए।

काँक्रेविहार क्षेत्रमा आगलागी

मिनी लुम्बिनी भनेर चिनिने काँक्रेविहार संरक्षित वन क्षेत्रमा शनिबार दिउँसो आगलागी भएको छ। अहिले आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगो नियन्त्रणका लागि वीरेन्द्रनगर नगरपालिकाको दमकल पनि पुगेको छ।

वनमा डढेलो कसले लगाउँछ ?

मुलुकका धेरै वन क्षेत्रमा आगलागी भईरहेको तथ्यांक सार्वजनिक भईरहेका छन् । वायु प्रदूषण बढाउनुमा वन डढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताईरहेका पनि छन् । तर, वनमा डढेलो लगाउने व्यक्ति हत्तपत्ति पत्ता लाग्दैन । जसले गर्दा आगजनी गर्ने व्यक्तिको मनोवल बढ्ने गरेको छ ।

डढेलोको धुवाँले बिग्रियो काठमाडौंको मौसम

केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै आज नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलो र आगलागीको धुवाँले मौसम बिग्रिएको विभागले जानकारी दिएकाे छ।

टोल विकास संस्थामा आगलागीबाट १८ लाख क्षति

उदयपुरमा शुक्रबार विहान भएको आगलागीबाट टोल विकास संस्थाको कार्यालय रहेको एउटा घर र घरभित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ। रातमाटे टोल विकास संस्थाको कार्यालय रहेको त्रियुगा नगरपालिका १० रातमाटेस्थित भवकुमारी न्यौपानेको घरमा शुक्रबार विहान २ः३० बजे भएको आगलागीबाट घरसहित धन सम्पत्ति नष्ट भएको हो।

हाम्रो बहुमुखी पाठशालामा आगलागी

धनकुटा नगरपालिका–७ मदनचोकस्थित हाम्रो बहुमुखी पाठशालामा सोमबार मध्यराति आगलागी भएको छ। विद्युत् सर्ट भई अचानक आगलागी हुँदा त्यहाँ रहेका सम्पूर्ण सामान जलेर नष्ट हुनुका साथै पाठशालाको भवन पूर्ण रूपमा ध्वस्त भएको छ। आगलागीबाट ३५ लाख रूपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

उदयपुरमा आगलागीबाट ३ वर्षीय बालकको निधन

उदयपुरको कटारीमा अघिल्लो साँझ भएको आगलागीमा परी एक ३ वर्षीय बालकको निधन भएको छ । आईतबार साँझ ७ बजे भएको आगलागीबाट ३ परिवारका ३ घर ३ मतान र गोठ जल्दा त्यसभित्र रहेका लाखौं बराबरको धनमाल र चौपाया नष्ट भएको प्रहरीले जनाएको छ ।

जंगी अड्डा भित्रको एक भवनमा आगलागी (तस्बिरसहित)

जंगी अड्डा सुन्धाराको एक भवनमा आगलागी भएको छ। बिहिवार जंगी अड्डा भित्रको एक भवनको दोस्रो तलामा आगलागी भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।

अमेरिकामा रहेका नेपालीले पठाएको १५ लाख रकम दोभानका अग्नि पीडितलाई दिइयो

आदिवासी जनजाति महासंघ अमेरिकाको अगुवाइमा संकलित १५ लाख रुपैयाँ बढी रकम दोभानका अग्नि पीडितलाइ वितरण गरिएको छ। ४५ पीडित परिवारलाई ३२ हजार रुपैयाँका दरले र १२ परिवारललाई ६ हजार रुपैयाँका दरले रकम वितरण गरिएको तेञ्जिङ वालुङ जानकारी दिए।

आगलागीले १५ लाख रुपैयाँ मुल्यको च्याउखेती नष्ट

गोरखा नगरपालिका–१० छेवेटार स्थित च्याउ घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ भन्दा बढि मूल्यको क्षती भएको छ । सिता कृषि तथा पशुपंक्षी फर्ममा सोमबार राती करिब १२ बजेतिर आगो लागेको फर्मका संचालक सिता दराईले बताईन् ।

बुटवलको दियालो फुडल्याण्डमा आगलागी

बुटवल मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा आगलागी भएको छ। गएराती करिब २ दुइबजे तिर होटलको माथिल्लो तलामा रहेको रेष्टुराबाट आगो सल्कीएको थियो। बुटवल उपमहानगरको दमकलले तीन घण्टापछि आगो नियन्त्रणमा लिएको थियो। कामदारहरु माथिल्लो तलामै सुतेका भए पनि आगो सल्किीएको थाहा पाएपछि समयमै त्यहाँबाट भाग्न सफल भएको प्रहरीले जनाएको छ।

धनगढीको एक फर्निचरमा लागेको आगो नियन्त्रणमा, करोडभन्दा बढीको क्षति भएको अनुमान

धनगढी उपमहानगरपालिका–४ चटकपुरस्थित फर्निचर उद्योगमा आगलागी भएको छ। चटकपुरस्थित आलोक मल्टी कन्सर्न प्रालिमा भएको आगलागीबाट फर्निचर उद्योगमा रहेका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्