६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अमेरिकामा रहेका नेपालीले पठाएको १५ लाख रकम दोभानका अग्नि पीडितलाई दिइयो

आदिवासी जनजाति महासंघ अमेरिकाको अगुवाइमा संकलित १५ लाख रुपैयाँ बढी रकम दोभानका अग्नि पीडितलाइ वितरण गरिएको छ। ४५ पीडित परिवारलाई ३२ हजार रुपैयाँका दरले र १२ परिवारललाई ६ हजार रुपैयाँका दरले रकम वितरण गरिएको तेञ्जिङ वालुङ जानकारी दिए। उनी वालुङ समाजका प्रतिनिधि समेत हुन्।  

आदिवासी जनजाति महासंघ अमेरिका, वालुङ कम्युनिटी अफ नर्थ अमेरिका, ढोक्प्या किदुक अफ न्युर्योकको संयुक्त प्रयासमा संकलित १५ लाख १२ हजार रकम अग्नि पीडितलाइ वितरण गरिएको हो। क्षतिका आधारमा रकम वितरण गरिएको वालुङ समाजले जनाएको छ।  

मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू,जनजाति महासंघका जिल्ला अध्यक्ष भद्रकुमार बोखिम, मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका वडाध्यक्ष डण्डु लामा र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङ्चुङगोलाका अध्यक्ष छेतेन भोटेको उपस्थितिमा रकम वितरण गरिएको हो।  

सहयोग रकम दोभानका अग्नि पीडितसमक्ष पु¥याउने कार्यमा जनजाति महासंघको जिल्ला शाखा तथा वालुङ समाज र तोक्पेगोला सेवा समाजले समन्वय गरेका थिए। दोभान बजारका अग्नि पीडितलाइ वितरण गरिएको नगद सहयोग रकममध्ये यो अहिले सम्मकै मोटो हो।  

गत १८ फागुनमा दोभान बजारमा भएको आगलागीमा परी ५० घर नष्ट हुँदा करिब ४० करोड बराबरको क्षति भएको विवरण संकलन गरिएको छ। 

प्रकाशित: ५ चैत्र २०७७ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App