६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

टोल विकास संस्थामा आगलागीबाट १८ लाख क्षति

उदयपुरमा शुक्रबार विहान भएको आगलागीबाट टोल विकास संस्थाको कार्यालय रहेको एउटा घर र घरभित्र रहेका सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ। रातमाटे टोल विकास संस्थाको कार्यालय रहेको त्रियुगा नगरपालिका १० रातमाटेस्थित भवकुमारी न्यौपानेको घरमा शुक्रबार विहान २ः३० बजे भएको आगलागीबाट घरसहित धन सम्पत्ति नष्ट भएको हो।  

आगलागीबाट न्यौपानेको काठ र टायलले छाएको दुईतले घर, घरमा रहेका लत्ताकपडा, भाँडाबर्तन, अन्नपात, सुनचाँदी गरी १५ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। त्यस्तै टोल विकास संस्थाको कार्यालयमा रहेका दराज, कुर्सी, टेबललगायत बिभिन्न सरसामान जल्दा ३ लाख हाराहारी क्षति भएको छ।  

आगलागी भएको थाहा पाउनेबित्तिकै प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा विहान ३ः५५ बजे आगो नियन्त्रणमा ल्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आगोले व्यक्तिगत र संस्थागत गरी १८ लाख बराबरको क्षति भएको प्रहरी भनाई छ।  

समयमै आगलागीको कुरा थाहा भएका कारण चौपाया र मानवीय भने हुन नपाएको स्थानीयले बताएका छन्। आगो विद्युत सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: १३ चैत्र २०७७ ०७:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App