१२ मंसिर २०८१ बुधबार
image/svg+xml

बजेट परम्परागत र कार्यकर्तामुखी : प्रतिपक्षी

प्रतिपक्षी दलहरुले गण्डकी प्रदेशको बजेट परम्परागत र कार्यकर्तामुखी भएको आरोप लगाएका छन् । यही असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङद्वारा प्रदेशसभामा प्रस्तुत बजेटमाथि बुधबारदेखि प्रदेशसभामा सुरु भएको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीका सांसदले कोरोनाविरुद्ध लड्नेगरी ल्याउनुपर्ने बजेट परम्परागत र कार्यकर्तामुखी भएको टिप्पणी गरेका हुन् ।

कानुन बन्यो, कार्यान्वयन भएनः योजना छनोटमा मनपरी

प्रदेशसभाले लोकसेवा आयोग ऐन बनाएको छ तर कार्यान्वयन हुनसकेको छैन। ऐनअनुसार लोकसेवा आयोग गठनसमेत हुनसकेको छैन।

अझै खुलेन प्रदेशसभा अवरोध

प्रदेश २ को प्रादेशिक सभाको पछिल्लो बैठक बसेको तीन महिनाभन्दा बढी भइसकेको छ। यसअघि अन्तिम बैठक कात्तिक २९ गते बसेको थियो। बैठक बस्न नसक्दा कयौं विधेयक थन्किएका छन्। अन्य महत्वपूर्ण कामसमेत अवरुद्ध भएको अवस्था छ।

प्रदेशसभा बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। आइतबारको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसद उठेर बैठक अवरुद्ध गरेका हुन्।

दुई वर्षमा २९ विधेयक, १०९ पटक बैठक

कर्णाली प्रदेशसभाले गठन भएको दुई वर्षको अवसरमा आफ्नो स्थापना दिवस मनाएको छ । वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी प्रदेशसभाले स्थापना दिवस मनाएको हो ।

प्रदेशसभाको २ वर्षे कार्यकाल सफलः सभामुख घर्ती

प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्तीले २ वर्षे कार्यकालमा प्रदेशसभाको पूर्वाधार बनाउने काम गर्न सफल भएको बताएका छन्। उनले प्रदेशसभाको सपथ लिदा संरचनाकै बारेमा स्पष्ट नरहेको अवस्थामा २ वर्षको अवधिमा आधारभूत संरचना बनाउन आफूहरु सफल रहेको बताए।

प्रदेशसभा बैठक अर्को साता

प्रदेश ३ को प्रदेशसभा बैठक बर्खे अधिवेशन अन्त्य भएको चार महिनापछि अर्को साता बस्ने भएको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद्ले निर्णय गर्दै आगामी सोमबार प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

स्थानीय तहको उम्मेदवार मनोनयन आज

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको मंसिर १४ गते हुने उपनिर्वाचनका लागि स्थानीय तहको उम्मेदवारको मनोनयन आज (बुधवार) दर्ता हुने भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार स्थानीय तहको उपनिर्वाचनमा भाग लिने उम्मेदवारले सम्बन्धित स्थानीय तहको केन्द्रमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयनपत्र दर्ता गर्ने भएका हुन्।

उपनिर्वाचनको उम्मेदवारी दर्ता गरिँदै

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुन लागेको हो।

कहाँ कहाँ हुँदैछ उपनिर्वाचन?

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा र  प्रदेशसभा सदस्य तथा स्थानीय तहका विभिन्न पदाधिकारी गरी ५२ पदका लागि उपनिर्वाचन हुँदैछ।

उपनिर्वाचनको तयारी तिब्र

मंसिर १४ मा जिल्लामा हुने उपनिर्वाचनका लागि सरकारी तयारी तीव्र पारिएको छ। स्थानीय प्रशासनले निर्वाचन लक्षित सुरक्षा योजना तयार पारिसकेको छ भने आइतबार प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिएको छ। घोराहीस्थित जिल्ला बार एसोसिएसनको भवनमा मुख्य निर्वााचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

संसदमा कांग्रेसको नाराबाजी, रोष्ट्रमबाटै प्रतिवेदन थुत्ने प्रयास

नाराबाजीका क्रममा कांग्रेसका सांसदहरुले रोष्ट्रमबाटै प्रतिवेदन थुत्ने प्रयास समेत गरेका थिए। सभापति थापाले नाराबाजीका बीच वाचन गरिरहेको प्रतिवेदन थुत्न खोज्दा समयसुचक बल्ब पनि फुटेको छ।

दोहोरो सुविधामाथि पुनर्विचार आवश्यक

प्रदेश ५ को प्रदेशसभाले स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिनसक्ने गरी कानुनमा गरेको संशोधन गलत छ । स्थानीय तहका कर्मचारीको सेवासुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयकले राज्यबाट दोहोरो सुविधा लिन नपाउने भनी गरेको व्यवस्थालाई प्रदेशसभाले संशोधन गरेर दोहोरो सुविधा लिने बाटो खोलिदिएको हो

प्रदेश ३ : १७ विधेयक पारित गरी बर्खे अधिवेशन अन्त्य

प्रदेश ३ को प्रदेश सभाको बर्खे (चौथो) अधिवेशन १७ वटा विधेयक पारित गरी अन्त्य भएको छ। बुधबार बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुखको कार्यालयको बर्खे अधिवेशन अन्त्य भएको पत्र पढेर सुनाएका थिए।

सत्तापक्षकै सांसदले गरे प्रदेशसभा बैठक अवरुद्ध

आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेकाले आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्