१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रदेशसभाको बैठकबाट विद्युत विधेयक पारित

प्रदेशसभाको आज बसेको बैठकमा ‘विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ।

नामाकरण र राजधानी प्रस्ताव दर्तामै सीमित

प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रस्ताव दर्ता भएदेखि राजधानी र नामाकरणको विषयमा कुनै छलफल र बहस नभएको बताए।

सर्वोच्च अदालतले सोध्यो संविधानविपरीत सुविधा लिनाको कारण

सर्वोच्च अदालतले संविधानविपरीत प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिने कानून बनाउनुको कारण सोधेको छ।

सत्तारुढ सांसद नै भन्छन्ः सरकारभन्दा भ्रष्टाचारी बलिया

खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा सरकार भन्दा बलियो भ्रष्टाचार र भ्रष्टाचारी भएको टिप्पणी गरेकी छन्।  आइतबार प्रदेशसभाको बैठकमा विशेष समय लिएर प्रदेशसभा सदस्य राईले भ्रष्टाचारको अन्त्य गर्ने सरकारको प्रयत्नका बाबजुद पनि सरकारभन्दा भ्रष्टाचारी बलियो बनेको भन्दै प्रश्न उठाएकी हुन्।

प्रदेश २ः सुरु भयो ‘नामकरण’ बहस

प्रदेश २ को स्थायी राजधानीसँगै नामकरणका लागि प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेसँगै यसबारे संसदीय दल, नागरिक समाजदेखि सामाजिक सञ्जालसम्म बहस सुरु भएको छ।

खडेरी तथा वर्षा पीडितलाई राहत माग

खोटाङका तीन प्रदेशसभा सांसदले खडेरी तथा वर्षा पीडित सर्वसाधारणलाई तत्काल राहत पुर्याउन माग गरेका छन्। प्रदेशसभा सांसद उषाकला राई, राजन राई र रामकुमार राईले प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई भेट गरी खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका खडेरी तथा वर्षा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन्।

चुरे संरक्षणमा प्रदेश सरकारको झारा टार्ने नियत

प्रदेश २ को प्रदेशसभामा बिहीबार कांग्रेस संसदीय दलका नेता रामसरोज यादी तथा विपद्को प्रमुख कारण चुरे विनाश रहेकाले चुरे संरक्षण साझा मुद्दा बन्नुपर्ने माग गरे। संघीय सरकारसँग समन्वय गरेर चुरे संरक्षणमा लाग्न यादवले प्रदेश सरकारलाई सुझाए।

प्रदेशसभामा मिडिया सेन्टर स्थापना हुँदै

प्रदेश नम्बर ३ को प्रदेशसभा सचिवालयले पत्रकारका लागि मिडिया सेन्टरको स्थापना गर्ने भएको छ।

प्रदेश २ मा लोकसेवासम्बन्धी ऐन पारित

करिब छ महिना अघि प्रदेशसभामा टेबुल भएको लोकसेवा आयोग गठनसम्बन्धी विधेयक आवश्यक छलफलपछि विषयगत समितिले मंगलबार पारितको लागि सभामा पेस गरेको थियो।

राधजानी नतोकिँदा अन्योलमा जनता, सकसमा सांसद

बर्दियाकी कृष्णी चौधरीलाई प्रदेशसभामा प्रतिनिधित्व गर्दा गहन जिम्मेवारी थियो, पायक थलोमा प्रदेश राजधानी बनाउने। संविधानतः स्थायी राजधानी तोक्ने सर्वोच्च निकाय प्रदेशसभाको नेतृत्वकर्ताकै रूपमा उपसभामुख पदमा चयन हुँदा राजधानी मुद्दा उनलाई झनै पेचिलो बन्नु स्वाभाविकै थियो। प्रदेशको पुछारमा रहेको जिल्ला बर्दियाबासीले प्रदेशसभाको उपसभामुख पदमा आसिन चौधरीबाट पायक थलो चयन हुने अपेक्षा गर्नु स्वाभाविकै थियो।

नेताको स्वार्थमा अल्झिएको राजधानी

दाङका यी दुई हेभिवेटहरू राजधानीको विषयमा मौन रहँदा बुटवलका दुई हेभिवेट भने बुटवल राजधानीको पक्षमा अडिग रहँदै आएका छन्।

सूचना टाँसेर प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको आइतबारका लागि तोकिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ। बजेटको बिरोधमा रहेका प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपालाई सम्वाद गरेर सहमतिमा ल्याउन नसकिएकाले उनीहरुले संसदमा अवरुद्ध गर्ने कुरालाई मध्यनजर गरेर सभामुखले आइतबार ८ बजे शुरु हुने भनेको बैठक स्थगित गर्ने निर्णय गरेको हो।

बजेटको छलफलमा मुख्यमन्त्री नआएपछि कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ। आर्थिक वर्ष २०७६/०७७ को बजेटमाथिको छलफलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपस्थित नभएको भन्दै कांग्रेसले आइतबारको संसद बैठक अवरुद्ध गरेको हो।

प्रदेश २ मा ‘आचरण अनुगमन समिति’

प्रदेशसभा सञ्चालन भएको झण्डै डेढ वर्षपछि सांसदहरुको आचरण अनुगमन र नियमन गर्न सभामुख सरोजकुमार यादवको नेतृत्वमा अनुगमन समिति गठन गरिएको छ।

मिडिया काउन्सिल विधेयक विधेयक फिर्ता लिन आग्रह

मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रतासम्बन्धी व्यवस्था हटाउन तीन नम्बर प्रदेशसभामा सांसदहरुले माग गरेका छन्। मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेशको आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनीहरुले संघीय सरकारले प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजेको भन्दै विधेयक फिर्ता लिई सच्याएर पुनः दर्ता गर्नुपर्नेमा जोड दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्