१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कांग्रेस महाधिवेशन: संकल्पविपरीत युवा नेता

कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जाजनक पराजय भोगेपछि पार्टीलाई बदल्छौं, हामी पनि बदलिन्छौं भनी सामूहिक प्रतिबद्धता सार्वजनिक गरेका सात भाइ युवा नेता महाधिवेशनको मुखमा आउँदा छिन्नभिन्न अवस्थामा देखा परेका छन् ।

सुदूरपश्चिम र प्रदेश २ मा नेकपा एस एमालेभन्दा ठूलो दल

संघीय संसदमा ३० जनाले एकीकृत समाजवादी पार्टी रोजेका थिए। तर प्रदेशसभामा भने ५४ जना पुगेका हुन्। माधव नेपालले सुदूरपश्चिम, प्रदेश २, बागमतीमा धेरै सांसद लगेका छन्। सुदूरपश्चिम प्रदेशमा १४ जना सांसद पुगेपछि त्यहाँ सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश २ मा पनि ठूलो दल बनेको छ।

सुदूरपश्चिममा एमाले चौथो दलमा सीमित

कुनै सयम सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (एमाले) चौथो दलमा सीमित भएको छ। एमालेबाट विभाजन भएर नेकपा (एकीकृत समाजवादी)मा अधिकांस संसद जाँदा चौथो दलमा सीमित हुन पुगेको हो।

लुम्बिनी प्रदेशसभाको बैठक फेरि स्थगित

मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले) को अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ।

ताप्लेजुङबाट प्रत्यक्ष निर्वाचित सबै सांसद मन्त्री

प्रतिनिधिसमा निर्वाचित एमाले सचिवसमेत रहेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले संघीय सरकारको पर्यटन मन्त्रीको जिम्मेवारी त्यागेको केही समयपछि नै प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी टंक आङबुहाङले पाए।

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

लुम्बिनी प्रदेशसभाको बैठक स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयले आज सूचना टाँस गरी दिउँसो १ बजे बोलाइएको बैठक स्थगन गरिएको जनाएको हो।

लुम्बिनी प्रदेशसभाः एमालेको नाराबाजी र रोष्टम घेराउपछि बैठक स्थगित

यसअघि हिजो (मंगलबार)को बैठक पनि अवरुद्ध गरेपछि आज दिउँसो १ बजेका लागि स्थगित गरीएको थियो।

विपन्न वर्ग राहतबाट विमुख, सांसदलाई उपचार खर्च

विपन्न तथा गरिब लक्षित राहतबाट सम्बन्धित पक्ष वञ्चित हुने तर सांसद र सम्पन्न व्यक्तिलाई उपचार खर्चबापत सरकारले आर्थिक सहयोग गर्नु विडम्बना भएको सीता सदा बताउँछिन्।

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ। बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए।

वाग्मती प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो।

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ। त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

जसपाका प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न अस्वीकार

जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशसभा सदस्यहरूले आफूलाई पुनर्बहाली गर्न माग गर्दै दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

माओवादी केन्द्रले भन्यो : सांसदलाई बन्धक बनाइनु लज्जास्पद

नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्रीको निवासमा बन्धक बनाएको भनिएको घटनालाई लोकतन्त्र, राजनीतिक, मानव अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथिको लज्जास्पद घटना भएको टिप्पणी गरेको छ।

कृषि अनुदान व्यवस्थित गर्न प्रदेश सभामा विधेयक पेश

कृषिमा दिइने अनुदान व्यवस्थित गर्ने उद्देश्यले प्रदेश १ को प्रदेश सभामा प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पेश गरिएको छ।

प्रदेशसभा बैठक साउन २१ गते बस्ने

प्रदेशसभा सचिवालयले आइतबार सूचना प्रकाशित गरी गत असार २५ गते स्थगित भएको बैठक साउन २१ गते बस्ने जानकारी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्