२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पात्रो प्रकाशनका लागि पञ्चाङ्ग निर्णायक समितिमा निवेदन

विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन गत साउन ४ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो।

नेपालमा लगानी गर्न भारतीयलाई आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतसँग राजनीतिकसँगै सामाजिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको भन्दै भारतीय लगानीकर्ताले निर्धक्क भएर लगानी गर्न सक्ने बताए। उनले भारतीय लगानीकर्ताका लागि नेपाल महत्वपूर्ण लगानी गन्तव्य मुलुक रहेको बताए।

नेपालगन्ज–कोहलपुर सडक विस्तार अलपत्र

नेपालगन्जको गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको त्रिभुवन मावि चोकमा आकाशे पुल निर्माण गर्न कार्यालयले ठेक्का समेत खोलिसकेको छ। करिब १० करोड रूपैयाँको लागतमा आकाशे पुल निर्माण गर्न ठेक्का खोलिएको डिभिजन प्रमुख एसीले बताए।

अढाई महिनापछि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सले भर्‍यो उडान

सुकेटार विमानस्थलमा गत जेठ १५ गतेपछि उडान हुन सकेको थिएन। उडान भर्नका लागि यात्रुहरुले टिकट बुकिङ गरेपनि मौसम सहितका कारण देखाएर जहाज आउन आएका थिएनन्।

नेकपा (बहुमत) द्वारा १५ दिने जागरण अभियान

नेपाल कम्युनिस्ट पार्टी बहुमत (नेकपा बहुमत) ले बिहीबारदेखि १५ दिने जनजागरण अभियान सुरु गरेको छ।

ठाकुरले देउवालाई सोधे: गठबन्धनमा ल्याउने कि नल्याउने?

‘प्रधानमन्त्रीज्यूले लोसपालाई ५ दलीय गठबन्धनमा ल्याउन चाहेको देखिन्छ तर यसमा अन्य दलहरू एक मत हुन्छन् भन्नेमा हामी संशकित छौं,’ ती नेताले भने, ‘५ दलीय गठन्धनमा हामीलाई नल्याउने हो भने हामी स्वाभाविक रूपमा एमालेसँग चुनावी तालमेल गर्छौं। अब हामी धेरै दिन पर्खन सक्दैनौं।’

‘नतिजा प्राप्त गर्न सुविधा बढाउनुपर्छ’

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी पहिलो कप्तान रमा सिंहले साफ च्याम्पियनसिपमा उपाधि जित्नका लागि महिला खेलाडीलाई हौसलासँगै सेवासुविधा दिनुपर्ने बताएकी छिन्।

विवादबारे बोल्न तर्किए कार्यवाहक प्रशिक्षक

कार्यवाहक प्रशिक्षकको जिम्मेवारी पाएलगत्तै हुमागाईंले अल्मुताइरीसँगको विवादका कारण एएफसी एसियन कप छनोट २०२३ को बन्द प्रशिक्षण छोडेका १० खेलाडीलाई समावेश गर्दै ४० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका थिए।

राष्ट्रपतिले उठाएका विषय महत्वपूर्ण छन्ः गगन थापा

थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन्। उनले राष्ट्रपतिले केही महत्वपूर्ण विषय उठाएर संसदमा पुनः पठाएको स्वीकार गरे। उनले अहिलेको विधेयकले कतिपय आवश्यक्तालाई नछुने पनि बताए।

हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन पक्राउ

पक्राउ व्यक्तिले विसं २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्ट लिंक इन्टनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरेको, सेञ्चुरी तथा कुमारी बैँकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा पारी पीडित व्यक्तिको नामबाटै ठगी गरेको प्रहरीले जनाएको छ।

नागरिकता विधेयक विरोध: देशभक्त युवा नेपाल र नेमकिपा सडकमा (फोटोफिचर)

नेमकिपाले नागरिकता विधेयकमा पुनः छलफल गरी देशको हितमा सहमतिका साथ अघि बढाउनुपर्ने माग अघि सारेको छ। यस्तै नागरिकता विधेयक मुलुकको हितमा नरहेको भन्दै गरिएको उक्त प्रदर्शनमा देशभक्त युवा नेपाल समूहमाथि प्रहरी हस्तक्षेप समेत भएको छ।

एमालेलाई कांग्रेसको आग्रह: राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको विधेयकमाथि राजनीति नगर्नू

बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद विश्वकर्माले नागरिकताबाट बञ्चित लाखौं नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको सो विधेयक पारित गर्ने काममा विलम्ब गर्न आवश्यक नरहेको पनि पटकपटक दोहोर्‍याए।

रेड मर्करीको कारोबारका नाममा महिलालाई ठग्ने चार जना पक्राउ

‘मैले उनीहरु सबै मिलेर लुट्न खोजेको थाहा पाए’ प्रहरीसँगको बयानमा ती महिलाले भनिन्, ‘म पैसा नदिएर त्यहाँबाट भागे।’

प्रतिनिधिसभामा नागरिकता विधेयक प्रस्तुत हुँदै

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले सो प्रस्ताव प्रस्तुत गर्नुहुने हुने संसद्को आजको कार्यसूची रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्