७ आश्विन २०८१ सोमबार
image/svg+xml

काँग्रेस जिल्ला सभापतिमा आधा दर्जन आकांक्षी

खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया र कान्तिका सेजुवालको दाबी पनि कर्णबहादुर शाहीकै पक्षमा हुने देखिएको छ। जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन्।

काँग्रेस अधिवेशन : जुम्लाको एक्लो वडा सभापतिमा सीता

जुम्लाको तिला गाउँपालिका २ मा पहिलोपटक नेपाली काँग्रेसले महिला वडा सभापति बनाएको छ। शुक्रबार सम्पन्न वडा अधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले २६ वर्षीया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरेका हुन्।

काँग्रेस ताप्लेजुङमा वडाको अधिवेशन, साढे ९ सय बढी क्षेत्रीय प्रतिनिधि छानिँदै

प्रत्येक वडाबाट कम्तिमा वडा सभापतिसहित कम्तिमा १६ जनाका दरले क्षेत्रीय प्रतिनिधि चयन हुने व्यवस्था रहेको पाण्डेले जानकारी दिए। वडा कार्य समितिका सभापति स्वतःक्षेत्रीय प्रतिनिधि चयन हुनेछन्।

कांग्रेस वडा अधिवेशन सुरुः ‘आन्तरिक लोकतन्त्रमा रक्तसञ्चार’

२०७४ को आम निर्वाचनपछि आन्तरिक कलहमै रुमलिन पुगेका कांग्रेस नेता कार्यकर्ता यति बेला वडा तहको अधिवेशनमा सहभागी हुन गाउँगाउँ पुगेका छन्।

२० वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, अन्यमा अधिवेशन जारी

शुक्रबार जारी अधिवेशनका क्रममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये २० वडाको नेतृत्व सर्वसहमत चयन भइसकेको कांग्रेसका जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए।

‘वडा तहदेखि नै पार्टी सङ्गठनलाई बलियो बनाऔँ’

पार्टीको १४औँ महाधिवेशनका क्रममा आजदेखि सुरु भएको वडा अधिवेशनका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले लोकतन्त्र बलियो हुने बताएका छन्।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य हो: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य भएको बताएका छन्।

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर

नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता राजीव कोइराला, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले आज संयुक्तरुपमा हस्ताक्षर गरी जारी विज्ञप्ति सो जिकिर गरिएको छ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट

‘विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो’, सांसद वैद्यले भने, ‘कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो।’

सभापतिमा साझा उम्मेद्वार तय गर्छौं: पौडेल पक्ष

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार तय गर्ने जनाएको छ।

सभापतिमा सघाउन पौडेलको आग्रह, अझै सहमति जुटेन

पौडेले पक्षले वडा अधिवेशनअघि नै आफ्नो तर्फबाट सर्वसम्मत उम्मेदवार चयन गर्न प्रयास गरेको हो। सकेसम्म वडा अधिवेशनअघि सर्वसम्मत उम्मेदवार चयन गर्ने, सर्वसम्मत उम्मेदवार चयन गर्न नसकेमा वडा अधिवेशनअघि पौडेल समूहका नेता एक भएको सन्देश दिने तयारी पौडेल पक्षको छ।

प्रधानमन्त्री भए ६ महिनाभित्र भ्रष्टाचार नियन्त्रण गर्छु: काँग्रेस नेता कल्याण गुरुङ

उनले आफूले सभापति पदमा जितेमा पटक पटक एउटै व्यक्ति मन्त्री र प्रधानमन्त्री हुने व्यवस्था परिवर्तन गर्दै एक व्यक्ति दुई पटकभन्दा बढी समय प्रधानमन्त्री र मन्त्री हुन नपाउने व्यवस्था गर्ने दावी समेत गरे।

काँग्रेसकाे महाधिवेशन प्रक्रिया १८ गतेबाट सुरु

बुधवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएका हुन्।

भदौ १८ अघि सर्वसम्मत सभापतिको उम्मेदवार छान्न पौडेल पक्षको प्रयास

सकेसम्म वडा अधिवेशनअघि नै आफ्नो समूहबाट एकजना मात्र सभापतिको उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले प्रयास गरेको छ। भदौ १८ गते वडा अधिवेशन हुँदैछ। सकेसम्म भदौ १८ अघि एकजना व्यक्तिको नाम नै टुंगो लगाउने प्रयास भइरहेको पौडेल पक्षका बलबहादुर केसीले बताए। यसका लागि पौडेल पक्षले मंगलबार बोलाएको बैठकमा केसी सहभागी भएका थिए।

शीर्ष नेतृत्व बैठक : मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्