८ वैशाख २०८१ शनिबार
राजनीति

सभापतिमा साझा उम्मेद्वार तय गर्छौं: पौडेल पक्ष

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार तय गर्ने जनाएको छ।  

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेद्वार तय गर्ने प्रतिवद्धता जनाएका हुन्। उनले नेपाली काँग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाको रुपमा स्थापित गर्न सहमति र छलफलमा ठाउँअनुसारको उम्मेद्वारी दिने बताए।  

उनले पार्टीलाई बचाउन, लोकतन्त्र बचाउन र मलुकको अस्तित्वलाई जोगाउन एकतावद्ध भएर जाने पनि बताए। उनले अहिले भएको एकता १४ औँ महाधिवेशनको अन्तिमसम्म पनि कायमै राखेर अघि बढ्ने उनको भनाइ छ।

वरिष्ठ नेता पौडेलले अभूतपूर्व रुपमा क्रियाशील सदस्यको विवाद भएको भन्दै यसले पार्टीका निष्ठावान व्यक्तिहरुलाई पीडित भएको बताए। पौडेल पक्षले काँग्रेसको वडा अधिवेशन सुुरु हुनुभन्दा एकदिन अघिसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेद्वारी दिने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा पौडेल पक्षका सभापतिका आकांक्षीहरु पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, नेताद्धय प्रकाशमान सिंह, डा. शेखर कोइरालालगायतका नेताहरु सहभागी भएका थिए भने महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता गगनकुमार थापा पनि सहभागी थिए।  

प्रकाशित: १७ भाद्र २०७८ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App