१२ आश्विन २०८१ शनिबार
image/svg+xml

समृद्ध नेपाल निर्माण गर्न मेरो उम्मेदवारी: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूति गर्ने र रुपान्तरणका लागि केन्द्रित भएको बताएका छन्।

देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा छः नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बतएका छन्। गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताए।

आफ्नैबाट असहयोग र अविश्वास

संस्थापन इतर समूहबाट १४औं महाधिवेशनमा नेता शेखर कोइराला र प्रकाशमान सिंहले अलगअलग रूपमा सभापतिका लागि उम्मेदवारी दर्ता गराएपछि रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिएका छन्।

कांग्रेसमा झन् कसिलो बन्दै गुट

पार्टीभित्रको प्रतिस्पर्धा भए पनि अलग दलहरूबीचमा जस्तै प्रतिस्पर्धा हुँदा राष्ट्रिय राजनीतिमा स्थान बनाइसकेका नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। जिल्लाको नेतृत्व हाँकेका र १४औं अधिवेशनबाट नेतृत्वमा पुग्ने र दोहोर्‍याउने तयारीमा रहेका कतिपय नेता वडा र क्षेत्रमा रोकिएका छन्।

पौडेल पक्षले बोलायो आफू निकट केन्द्रीय सदस्यहरूको बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफू निकटका केन्द्रीय सदस्यहरूको बैठक बोलाएको छ। सोमबार दिउँसो २ बजेका लागि बोलाइएको सो बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ।

सभापतिमा साझा उम्मेद्वार तय गर्छौं: पौडेल पक्ष

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेद्वार तय गर्ने जनाएको छ।

कांग्रेसमा महाधिवेशन चटारोः निजी कार्यालय खोलेर कार्यकर्तासँग जोडिँदै नेताहरू

सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरे। यसअघि विभिन्न नेताले विभिन्न ठाउँमा सम्पर्क कार्यालय खोलेका छन्। केही नेताहरूले १३औं महाधिवेशनको बेला खोलिएको सम्पर्क कार्यालयलाई नै निरन्तरता दिएका छन्।

दोधारमा कांग्रेस संस्थापन इतर पक्ष

संस्थापन इतर पक्षले एकातिर पार्टीको महाधिवेशन सुनिश्चित गर्नुपर्ने अडान राखेको छ भने अर्कोतिर नेता पौडेलसहित सभापति देउवाले संयुक्तरूपमा बुझेको प्रतिवेदनप्रति आशंका व्यक्त गरेको छ।

नेतात्रयलाई सुझाव : अब पार्टीको जिम्मेवारीबाट हट्नुस्

भदौ १६ देखि हुने भनिएको १४औं महाधिवेशन अब सम्भव छैन भन्नेमा शीर्ष नेताहरू सहमत देखिए पनि अब कहिले गर्ने भन्ने टुंगो लाग्न भने सकेको छैन।

संकटमा फस्दै कांग्रेसः न महाधिवेशन न सरकार विस्तार

सभापति शेरबहादुर देउवा निर्वाचन आयोगसँगको परामर्शमा १४औं महाधिवेशन मंसिरमा गर्न चाहन्छन्। तर, महाधिवेशन सारेको आरोप नलागोस् भनेर अहिले पनि तोकिएको समयमै गर्ने बताउँदै आएका छन्।

क्रियाशील सदस्यतामै अलमलियो कांग्रेस

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताबीच बुधबार भएको छलफलमा २/३ दिनभित्र विवाद समाधान गर्ने सहमति भएको छ। तर संगठन समायोजनका नाममा संस्थापन पक्षले जथाभावी सदस्यता वितरण गरेको र त्यस्ता सदस्यता कुनै पनि हालतमा मान्य नहुने अडान संस्थापन इतर पक्षले राखेपछि समस्या समाधान असहज देखिएको छ।

प्रजातान्त्रिक दलबीच एकता अपरिहार्य : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रजातान्त्रिक पद्धतिमाथि चौतर्फीरुपमा आक्रमण भइरहेको अहिलेको अवस्थामा यसलाई बचाउन प्रजातान्त्रिक दलबीच आपसी एकता अपरिहार्य रहेकामा जोड दिएका छन्।

जसपा र माओवादी केन्द्रलाई साथमा लिएर कांग्रेसले ओली सरकार ढाल्नुपर्छ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले राष्ट्रिय जनता पार्टी (राजपा) र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रलाई साथमा लिएर ओली सरकार ढाल्नुपर्ने बताएका हुन् ।

‘कांग्रेसले ढुलमुले नीति त्याग्नु पर्छ’

पार्टी सभापति शेरबहादुर देउवाले संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले त्यसको विरोध गर्न नहुने र संसद् विघटनकै निर्णय आए चुनावी तयारीमा जुट्नुपर्ने धारणा सार्वजनिक गरिरहेका बेला नेता पौडेलले स्पष्ट शब्दमा आफ्नो अडान दोहोर्‍याएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्