२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

शङ्कास्पद अवस्थामा हर्कुको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले गएराति स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएको हो ।

धितुङमा भएको घटना शङ्कास्पद लागेपछि अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए ।  

“हर्कु राई बिहीबार बेलुकासम्म गाउँमा डुलिरहेको भन्ने खुलेको छ । उनहाँको टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ”, उनले भने, “अहिलेसम्म घटनाका बारेमा केही खुलेको छैन । अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौँ ।”

घटनाका विषयमा मृतक हर्कुको आफन्तले आरोपितविरुद्ध किटानी जाहेरी दिएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ । हर्कुको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले जनाएको छ ।

प्रकाशित: ३१ आश्विन २०८३ १८:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App