२ कार्तिक २०८३ सोमबार
image/svg+xml
धर्म/संस्कृति

तीन महिनामा पाथीभरामा साढे २० हजार तीर्थालु, ३३ लाखभन्दा बढी भेटी संकलन

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउन, भदौ र असोज महिनामा मन्दिर दर्शन गर्ने तीर्थालुको संख्या क्रमशः बढ्दै गएको छ ।

साउनमा २ हजार ४६९ जनाले पाथीभराको दर्शन गरेका थिए । त्यस्तै, भदौमा ६ हजार १२३ र असोजमा ११ हजार ९३० जना तीर्थालु मन्दिर पुगेका थिए । तीन महिनाको कुल तीर्थालु संख्यामध्ये आधाभन्दा बढीले असोज महिनामा दर्शन गरेका छन् ।

तीर्थालुको आगमनसँगै मन्दिरमा संकलित भेटी रकम पनि बढेको छ । साउनमा ३ लाख १८ हजार ५०० रुपैयाँ भेटी संकलन भएकोमा भदौमा १३ लाख ६७ हजार रुपैयाँ र असोजमा १६ लाख ४१ हजार १५० रुपैयाँ संकलन भएको कार्यकारी निर्देशक हाङवाङले जानकारी दिए ।

पाथीभरा क्षेत्र विकास समितिले मन्दिरमा दर्शन गर्न आउने तीर्थालुको संख्या र संकलित भेटीको विवरण हरेक महिना सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित: ३१ आश्विन २०८३ १८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App