१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेसकाे महाधिवेशन प्रक्रिया १८ गतेबाट सुरु

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट सुरु हुने बताएका छन्। बुधवार प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएका हुन्।  

उनले काँग्रेसका क्रियाशील सदस्य, अन्य सदस्य र पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गरे। महाधिवेशन गर्नुपर्ने बाध्यता र कोरोनाबाट पनि जोगिनु पर्ने कारणले आफू जोगिन र समाजलाई पनि जोगाउनु पर्ने कर्तव्य नेपाली काँग्रेसको भएकोले मत माग्न जाँदा अनिवार्य मास्क लगाउन उनले अनुरोध गरे।  

१८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिएपनि ५६ वटा जिल्लाका मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको र कोरोनाको जटिलता रहेकोले महाधिवेशनका लागि अझै २ वटा जटिलता रहेको उनले बताए।

प्रवक्ता शर्माले १८ गतेबाट पार्टी महाधिवेशन शुरु हुँदै गर्दा कोरोना, अन्य केही जटिलता तथा क्रियाशील सदस्यताको विवरण नटुंगिएको खण्डमा त्यो जिल्लाका केन्द्रीय निर्वाचन प्रतिनिधिहरुले केन्द्रीय निर्वाचन समितिसँग समन्वय गरेर अनुकुलता बमोजिम सार्न सक्ने बताए। यी समस्या बाहेकका जिल्लाहरुमा भने नेपाली काँग्रेसले भदौ १८ गते नै महाधिवेशनको प्रक्रिया सुरु गर्ने तयारी गरेको प्रवक्ता शर्माले जानकारी दिए।

प्रवक्ता शर्माले अधिवेशन गर्न जाँदै गर्दा नेतृत्वको चयन गरेर नेतृत्वलाई लिएर आउने दायित्व र पार्टीलाई उर्जा भरेर रुपान्तरित काँग्रेस, रुपान्तरित देश बनाउने अठोट र अभियानमा एकले अर्कोलाई सहयोग गर्नुपर्ने आवश्यक्ता रहेको बताए। महाधिवेशन संयमता र हार्दिकताका साथ गर्नुपर्ने बताउँदै प्रवक्ता शर्माले कोरोनाको जोखिम भएकोले अधिवेशनमा उत्हास पूर्वक सहभागि बन्न तर भीडभाड र भेटभाट कार्यक्रममा मास्कको अनिवार्य प्रयोग गर्न सुझाए।

प्रकाशित: १६ भाद्र २०७८ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App