७ आश्विन २०८१ सोमबार
image/svg+xml

९६ हजार तीन सय घुससहित उद्योग अधिकृत पक्राउ

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका उद्योग अधिकृत हुकुमबहादुर ओली ९६ हजार ३ सय रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

धरानबाट गाँजा र ब्राउन सुगरसहित चार जना पक्राउ

प्रहरीले धरानमा अवैधरुपमा गाँजा खेती गर्ने र ब्राउन सुगर कारोबारीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ४ जनालाई ईलाका प्रहरी कार्यालय धरानले आज सार्वजनिक गरेको हो । धरान १३ का २९ बर्षीय नविन मगरलाई शुक्रबार घरबाट नै गाँजासहित पक्राउ गरेको प्रहरीको भनाई छ ।

बराहपोखरीबाट रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ

खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीबाट दुर्लभ रातो माछा निकालिरहेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।

सहकारीको ४३ करोड रकम अपचलन मुद्दाका फरार अध्यक्ष पक्राउ

नेपालगन्जस्थित सहकारी वित्तिय विकास संस्था लिमिटेडका संस्थापक अध्यक्ष हरदेवबक्स चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। संस्थाको ४३ करोड रुपैयाँ अपचलन गरेको मुद्दामा अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) ओम रानाले ४३ करोड रकम अपचलन गरेको मुद्दाका फरार प्रतिवादी चौधरीलाई पक्राउ गरिएको जानकारी दिए।

हत्या आरोपमा श्रीमान र नन्द पक्राउ

सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

विप्लवका कार्यकर्ता पक्राउ

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकता पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–६ का ३२ वर्षीय करन ऐरी (कर्णाली) पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गाउँमा डराइ धम्काई चन्दा असुली गर्ने त्रास फैलाएको सूचनाको आधारमा शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले बताए ।

मन्दिरको दान पेटिका चोर्ने तीन पक्राउ

मन्दिरको दान पेटिका चोरेको आरोपमा उदयपुरमा तीन जना पक्राउ परेका छन् । त्रियुगा नगरपािलका ११ को शनि मन्दिरको दान पेटिका चोरेको आरोपमा त्रियुगा १२ का इस्माईल मियालगायत ३ जनालाई शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

धार्मिकग्रन्थको पाना पाँच करोडमा किनबेच गर्न खोज्ने पक्राउ

काठमाडौंमा सुनको अक्षरले लेखिएको धार्मिकग्रन्थको पाना बिक्री गर्न खोज्ने ६ जना पक्राउ परेका छन् ।

ठगी आरोपमा 'ज्योतिषी' अर्जुन क्षेत्री पक्राउ

ठगी आरोपमा अर्जुन क्षेत्री पक्राउ परेका छन्। अपराधिक लाभ लिने मनसायले ५० लाख रुपैयाँ बार्गेनिङ गरिरहेको अबस्थामा उनलाई अख्तियार र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो।

बालविवाहमा संलग्न बेहुलासहित पाँच पक्राउ

विवाह सम्पन्न गरेर बेहुली अन्माउने तयारीमा रहेका बेहुलासहित पाँच जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ

खोटाङमा मास्क नलगाइ हिँड्ने ४१ जना पक्राउ परेका छन् । कोभिड–१९ बाट बच्नका लागि व्यक्तीगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोगमै बेवास्ता गरेको पाइएपछि प्रहरीले ४१ जनालाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध र तस्करीका सामानसहित ६ जना पक्राउ

भारतसँग सीमा जोडिएको मोरङको विभिन्न नाकामा प्रहरीले बुधबारदेखि थप कडाइ गर्न थालेको छ ।

मास्क नलगाउने ६४ पक्राउ

मास्क नलगाई हिँड्ने ६४ जनालाई मङ्गलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ। लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

चोरीका सामानसहित तीन जना पक्राउ

मोरङको पथरीशनिश्चरे बजारमा चोरी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । पथरी बजारमा विभिन्न समयमा मोटरसाइकल र पसल चोरी गर्ने समूहका तीन जनालाई सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पथरीशनिश्चरे–१० का २० वर्षीय निमा तामाङ, बेलबारी–२ का २० वर्षीय पृतिमान भण्डारी र बेलबारी–२ कै २२ वर्षीय अभिषेक कट्टेललाई चोरीको मोटरसाइकलसहित पथरीशनिश्चरे–९ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्