२३ असार २०८१ आइतबार
image/svg+xml
समाज

मोटरसाइकल चोर्ने २ भारतीय नागरिक पक्राउ

कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन।आज बिहीबार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो।

मोटरसाइकल चोरेर भागेका भारत सिद्धार्थनगर थाना स्रोतगढ नकाई बस्ने  २६ वर्षीय धर्मेन्द्र पासवान र ३० वर्षीय प्रेम कुमार हरिजन  पक्राउ परेको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए।प्रहरी टोलीले सुचना पाएको २ घण्टा भित्रै चोर र मोटरसाइकल बरामद गरेको उनले बताए।उनीहरूको साथबाट फलामको रेन्च थान ३,फलामको पलक रिन्च थान–१, मोटरसाइकल पलक थान –२ तथा मोटरसाइकलको चापी थान –१ समेत बरामद भएको थियो। 

प्रकाशित: ७ मंसिर २०८० १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App