१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

भारतमा चार नेपालीको हत्याः एकजना इलामका, बाँकीको सनाखत हुन बाँकी

भारतमा चारजना नेपाली कामदारको हत्या गरिएको छ। भारतको सिलोङ्गमा काम गर्दै आएका चारजना नेपालीको घाँटी रेटी हत्या गरिएको स्थानीय प्रहरी अधिकारीले बताएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिवार उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो।

स्थानीय प्रहरी प्रमुख गिरी प्रसादले शव फेला परेका चारैजना नेपाली नागरिक रहेको पुष्टि गरेका छन्। तीमध्ये एकजनाको सनाखत भएको छ। सनाखत हुनेमा ईलामका २३ वर्षीय रवि राई रहेको गिरीले बताए।

उनले अन्य ३ जनाको सनाखत हुन बाँकी रहेको र अनुसन्धान सुरु गरिएको पनि बताए। उनले शवहरूलाई पोस्ट मार्टमका लागि अस्पताल पठाइएको जानकारी पनि दिए।

गिरीका अनुसार हत्या गरिएका चारैजना कामदारहरूले हात बाँधिएको अवस्थामा फेला परेको थियो। साथै उनीहरूको शरीरमा निर्घात कुटपिट गरिएका निशानहरू फेला परेका छन्। पूर्व योजना अनुसार हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको उनले बताए।

प्रकाशित: २३ असार २०८१ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App