१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

नक्कली नेपाली नोटसहित झापामा छ भारतीय पक्राउ

प्रहरीले नक्कली नेपाली नोटसहित झापामा छ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित छ जना भारतीय नागरिक पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिाजलले जानकारी दिए।

भारतीय नम्बरको २ वटा मोटरसाईकलमा नेपाल आएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद भएको थियो।

नक्कली नोट फेला परेसँगै अन्य पाँच जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको र उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: १७ कार्तिक २०८० १५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App