१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

परिचयपत्र बनाउन छुटेपनि सुविधाबाट वञ्चित हुनुपर्दैन: गृहमन्त्री

गृहमन्त्री रवि लामिछानेले राष्ट्रिय परिचयपत्र बनाउन छुटेपनि नागरिकले पाउने सेवा सुविधा वञ्चित नगर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले २८ जिल्लाहरुमा मात्रै भदौ मसान्तसम्ममा राष्ट्रिय परिचय पत्र बनाउनका लागि समय दिइएको बताए।

उनले भदौ मसान्तसम्ममा पनि बनाउन छुटेको अवस्थामा राज्यले दिने सेवा, सुविधाबाट वञ्चित नगरिने स्पष्ट पारे।

‘भदौ मसान्तसम्म पनि कसैले भरिसक्नु भएनछ भनेपनि पहिलो चरणमा २८ जिल्लाहरुमा नसक्दा पनि हामीले समय राखेका छौँ, भदौ मसान्तसम्म पनि यहाँहरुसँग समय छ। भदौ मसान्तसम्म भर्दा पनि तपाईले प्राप्त गर्ने, राज्यले दिने सेवा, सुविधाबाट आम नागरिकहरु वञ्चित हुनु पर्दैन।’ उनले भने।

गृहमन्त्री लामिछानेले सुचना पाउनासाथ सबै जना बनाउने जाने गर्दा सम्बन्धित कार्यालयमा भीडभाड बढेको भन्दै हतार गर्नुपर्ने आवश्यकता नरहेको उल्लेख गरे। भीडभाड भएका स्थानमा अतिरिक्त जनशक्ति थप गरिएको पनि उनले जनाए।

उनले भने ‘स्थानीय निकायमा पनि थप जनशक्तिको प्रवाह गर्ने काम भएको छ। सुचना लिने बित्तिकै छिटो गरौँ भन्ने स्वभावका कारणले भीडभाड अवश्य पनि लागेको छ। भीडभाड गर्नुपर्ने आवश्यकता नै छैन। तत्काल गर्नुपर्ने आवश्यकता नै छैन।’

गृहमन्त्री लामिछानेले अशक्त, बिरामी, ९० वर्ष माथिका वृद्धवृद्धा र बालबालिकाहरुका लागि विशेष व्यवस्था गरिने पनि जनाए।

प्रकाशित: १७ असार २०८१ १४:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App