२१ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

कोपा अमेरिका: पहिलो क्वार्टरफाइलनमा इक्‍वेडरले विश्वविजेता अर्जेन्टिनाको सामना गर्ने

कोपा अमेरिका फुटबलको जारी सिजन क्वार्टरफाइनल समीकरण पूरा भएको छ । 

बुधबार बिहान भएको खेलमा समूह 'डी'बाट उपविजेता बन्दै ब्राजिल क्वार्टरफाइनलमा पुगेसँगै सबै ८ टिमको टुंगो लागेको हो । सो समूहबाट कोलम्बिया ७ अंकमा विजेता बन्दा ब्राजिलको ५ अंक रह्यो ।  

विश्वविजेता अर्जेन्टिना ९ अंकमा समूह 'ए'को विजेता बन्यो । सो समूहबाट अप्रत्यासित नतिजा निकालेको क्यानाडाले चिली र पेरु जस्ता दक्षिण अमेरिकी महारथीलाई पछि पार्दै क्वार्टरफाइनमा स्थान बनायो । उसको ४ अंक रह्यो ।  

समूह 'बी'बाट भेनेजुएला सतप्रतिशत नतिजासहित विजेता र गोल अन्तरमा मेक्सिकोलाई पछि पार्दै इक्वेडर ४ अंकमा उपविजेता बन्यो ।  

समूह 'सी'बाट भने उरुग्वे विजेता र पानामा उपविजेता बने । उरुग्वेको ९ र पानामाको ६ अंक रह्यो ।  

क्वार्टरफाइनलको पहिलो खेलमा शुक्रबार बिहान अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार बिहान पौने ७ बजे अमेरिकाको एनआरजी स्टेडियममा सुरु हुनेछ ।  

अर्को क्वार्टरफाइनलमा भेनेजुएलाले क्यानाडासँग प्रतिस्पर्धा गर्दा कोलम्बिया र पानामा आमने सामने हुनेछन् । विश्व फुटबलको महारथी ब्राजिलले उरुग्वेलाई प्रतिद्वन्द्वी पाएको छ ।  

कोपा अमेरिकाको जारी सिजन समूह 'ए'बाट चिली (२ अंक) र पेरु (१ अंक), समूह 'बी'बाट मेक्सिको (४ अंक) र जमैका (अंकविहीन), समूह 'सी'बाट अमेरिका (३ अंक) र बोलिभिया (अंकविहीन) तथा समूह 'डी'बाट कोष्टारिका (४ अंक) र पाराग्वे (अंकविहीन) हुँदै समूहचरणबाटै बाहिरिएका छन् । 

प्रकाशित: १९ असार २०८१ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App